बेइजिङ— चीनले जनसांख्यिक समस्यासँग जुध्दै बालजन्मको समर्थनमा ध्यान केन्द्रित गर्नुपर्छ र बालबालिका हुर्काउने खर्चलाई कम गर्नुपर्ने कम्युनिस्ट पार्टीको पत्रिकाले आग्रह गरेको छ।
केन्द्रिय पार्टी स्कूल अन्तर्गतको प्रकाशन स्टडी टाइम्स अनुसार, बालबालिका भएका परिवारहरूलाई सहयोग गर्नु, जसमा सरकारको स्रोत प्रि—स्कूल शिक्षा क्षेत्रमा थप लगानी गर्नु, प्राथमिकतामा पर्नुपर्छ। जन्मदर तीव्र गतिमा घट्दै जानु र वृद्ध हुँदै गएको जनसंख्यालाई सम्बोधन गर्न यो प्रयास गर्नु अत्यावश्यक मानिएको छ।
परिवार र व्यक्तिहरूले तिर्नुपर्ने विभिन्न प्रकारका खर्च नै बच्चा जन्माउने चाहनालाई रोक्ने मुख्य कारण हुन्,ू चिनियाँ समाज विज्ञान एकेडेमीको जनसंख्या र श्रम अर्थशास्त्र संस्थानका प्रमुख डु याङले लेखेको एक राय लेखमा पत्रिकाले उल्लेख गरेको छ।
प्रि—स्कूल शिक्षामा सार्वजनिक खर्चको मामिलामा चीन र विकसित देशहरूबीच ठूलो अन्तर रहेको भन्दै, जनसंख्याको गुणस्तर सुधार्न यसको महत्त्वलाई जोड दिइएको छ। राष्ट्रपति सी जिनपिङले बारम्बार व्यक्त गरेको यो लक्ष्यलाई समर्थन गरिएको छ।
त्यसैगरी, व्यावसायिक शिक्षा सुधार र विस्तार गर्न पनि जोड दिइएको छ, जसले चीनको श्रम शक्तिलाई उत्पादकत्व बढाउन र आर्थिक वृद्धिलाई दीर्घकालीन बनाउने सीपहरू प्रदान गर्न मद्दत गर्नेछ।
चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र हो, जसले प्रत्यक्ष अन्तर्राष्ट्रिय तुलनाहरू नभएका अद्वितीय जनसांख्यिक चुनौतीहरूको सामना गर्दैछ।
विकसित देशहरू जस्तै क्रमिक रूपमा वृद्ध नहुने तर चीनको जनसंख्या यस्तो अवस्थामा वृद्ध हुँदैछ जब यसको अर्थतन्त्र अझै संक्रमण चरणमा छ।
सन् २०२३ सम्ममा चीनको १५ दशमलव ४ प्रतिशत जनसंख्या ६५ वर्ष वा त्योभन्दा माथिको उमेर समूहमा पुगेको छ। यो संख्या सन् २०५० सम्ममा तीव्र रूपमा बढ्ने अपेक्षा गरिएको छ।
यस समस्यालाई थप जटिल बनाउँदै, ‘धनी हुनुअघि वृद्ध हुने’ अवस्था देखिएको छ। यसमा चीनको प्रति व्यक्ति जीडीपी विकसित अर्थतन्त्रहरूको तुलनामा समान वृद्ध अवस्थाको समयमा अझै पछाडि छ।
सन् २०२२ मा चीनको जनसंख्या करिब ८,५०,००० ले घटेको थियो, जुन १९६१ पछि पहिलो पटकको गिरावट हो। गत वर्ष यो घट्दो प्रवृत्ति जारी रह्यो र २० लाख बढिले घटेर १ अर्व ४० करोड ९७ लाख पुगेको छ ।
जनसंख्या र श्रम शक्ति दुबै घट्दै जाँदा, डुले उपभोग र लगानीको माग घट्ने चेतावनी दिएका छन्।