चीनले अफ्रिकाको उर्जा स्रोतलाई संकटमा पु¥याउँदै

बेइजिङ— चीनको अफ्रिकामा ऊर्जा स्रोतहरूमा बिस्तारले आधुनिक आर्थिक उपनिवेशवादको एउटा खतरनाक बिन्दु खडा गरेको छ । चीनका सरकारी कम्पनीहरू चाइना नेशनल पेट्रोलियम कर्पोरेशन (सीएनपीसी), चाइना नेशनल अफशोर आयल कर्पोरेशन, सिनोपेक अफ्रिकाको ऊर्जा क्षेत्रका प्रमुख लगानीकर्तामा परिणत भएका छन् । यी कम्पनीले ठूलो पूर्वाधार ऋणको माध्यमबाट महत्त्वपूर्ण स्रोतहरूमा पहुँच प्राप्त गरेको छ। यस “ऋण जाल कूटनीति”ले अफ्रिकी राष्ट्रहरूलाई चीनसँग भारी ऋणी बनाएको छ, जसले बेइजिङलाई अफ्रिकाको ऊर्जा क्षेत्र प्रभावकारी हस्तक्षेप गर्न सफल भएको छ ।

पूर्व अफ्रिकी क्रूड तेल पाइपलाइन परियोजना चीनको अवसरवादी दृष्टिकोणलाई स्पष्ट रूपमा देखाउँछ, जहाँ पश्चिमी लगानीकर्ताहरू वातावरणीय चिन्ताका कारण पछि हटेपछि चीनका कम्पनीहरूले निर्माण परियोजनामा प्रमुख भूमिका सम्हाले। चीनको प्रभुत्व विशेष गरी कोबाल्ट जस्ता महत्वपूर्ण खनिजमा फैलिएको छ, जहाँ डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा चीनले विश्वका अधिकांश खनिज खानीहरूको नियन्त्रण गरेका छन् ।

चीनको स्रोत निकाल्ने कार्यको पर्यावरणीय र सामाजिक प्रभाव गम्भीर छ, जसमा स्थानीय श्रमको शोषण र अवैध गतिविधिहरूको हुने गरेको सार्वजनिक भएका छन् । यसका अलावा, चीनको वित्तीय अभ्यासले अफ्रिकी राष्ट्रहरूलाई दीर्घकालीन निर्भरता र ऋण असफलताका कारण स्रोत गुमाउने खतरा पुर्याएको छ।

चीनका लगानीहरू बेल्ट एन्ड रोड इनिशिएटिभसँग जोडिएका छन्, जसले अफ्रिकामा निर्भर राष्ट्रहरूको जाल बुनिएको छ, जसले चीनको भू—राजनीतिक प्रभावलाई थप बलियो बनाउँछ। यद्यपि केही अफ्रिकी नेताहरूले प्रारम्भमा पश्चिमी लगानीको विकल्पको रूपमा चीनको लगानीलाई स्वागत गरे, अहिले धेरैजसोले यसलाई शोषणकारी रूपमा देखिरहेका छन्, जसले अफ्रिकी सर्वसाधारण सस्तो श्रम गर्न बाध्य भएका छन् भने प्राकृतिक स्रोतहरू चीनको कब्जामा पुग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस