संयुक्त राष्ट्रसंघको खुलासाः चीनद्वारा उइघुर र तिब्बतीमाथि जबरजस्ती श्रमको दमन

 

जेनेभा— संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले हालै सार्वजनिक गरेको एक रिपोर्टअनुसार, चीनले हजारौं उइघुर, तिब्बती, र अन्य जातीय अल्पसंख्यकहरूलाई जबरजस्ती श्रममा खटाइरहेको छ। रिपोर्टमा व्यावसायिक सीप तालिम केन्द्र मार्फत उइघुरहरूलाई जबरजस्ती पुनर्शिक्षा दिइएको र पछि तिनीहरूलाई सोलार प्यानल उत्पादन, ब्याट्री निर्माण, कृषि मजदुरी, र समुद्री खाद्य प्रशोधन जस्ता क्षेत्रमा खटाइएको उल्लेख छ।

रिपोर्टअनुसार, चीन सरकारले गरिबी निवारणको बहानामा साना किसानहरूलाई आफ्ना जमिन राज्य—नियन्त्रित सहकारीलाई दिन बाध्य बनाइरहेको छ। साथै, तालिम केन्द्र मार्फत थुनिएका उइघुरहरूलाई दीर्घकालीन जेल सजायमा बदल्ने क्रम बढ्दै गएको छ।

आईएलओले चीनलाई यी जबरजस्ती श्रम कार्यक्रमहरूको स्पष्ट विवरण सार्वजनिक गर्न र अल्पसंख्यक समुदायहरूमाथि हुने जबरजस्ती काम रोक्न आग्रह गरेको छ। रिपोर्टमा सरकार, बहुराष्ट्रिय कम्पनीहरू, र अन्तर्राष्ट्रिय निकायहरूलाई तिब्बत र सिन्जियाङसँग सम्बन्धित आपूर्ति श्रृंखला पुनरावलोकन गर्न आग्रह गरिएको छ।

रिपोर्टको निष्कर्ष अनुसार, बेइजिङले जातीय तथा धार्मिक अल्पसंख्यकहरूलाई जबरजस्ती श्रममा संलग्न गराउने नीति परिमार्जन गर्नुपर्ने माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस