भारतीय महिलाहरू कृषि ड्रोन चलाउँदै, आत्मनिर्भरता र आम्दानी कमाउँदै

 

फरिदाबाद– भारतका ग्रामीण क्षेत्रका महिलाहरू कृषि कार्यका लागि ड्रोन सञ्चालन गर्दै आत्मनिर्भर बन्दै गएका छन्। यो कार्यक्रम प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले २०२३ मा सुरु गरेको ड्रोन दिदी पहल अन्तर्गत आएको हो।

यस कार्यक्रमअन्तर्गत महिला स्व—सहायता समूहहरूलाई कृषि सेवा प्रदान गर्न ड्रोन दिइन्छ। अहिलेसम्म ५०० ड्रोन वितरण भइसकेका छन्, भने लक्ष्य १५,००० पुर्‍याउने रहेको छ।

पञ्जाबकी रूपिन्दर कौरले २०२४ मा यो कार्यक्रममा सहभागी भई २५ देखि ३५ किलो तौल भएका औद्योगिक ड्रोन सञ्चालन गरेर कीटनाशक तथा मल छर्कने कार्य गरिरहेकी छिन्। उनले यस कामले समाज र परिवारमा महिलाहरूको सम्मान बढाएको बताइन्।

यी ड्रोनले दैनिक १० एकड (४ हेक्टर) क्षेत्रफलमा कीटनाशक तथा मल छर्कन सक्छन्, जसबाट महिलाहरूले प्रतिदिन ४,५०० भारतीय रूपैयाँसम्म कमाउन सक्छन्।

ड्रोन प्रयोगले कृषकहरूलाई श्रमिक खोज्ने झन्झट हटाउने, समय बचत गर्ने तथा खेतमा लुकेका बिच्छी र अन्य विषालु जीवजन्तुको जोखिम कम गर्ने फाइदा पुर्‍याएको छ।

‘हाम्रो घर राम्रोसँग चल्छ, छोराछोरीलाई राम्रो शिक्षा दिन सक्छु, ड्रोन पाइलट राजबीर कौर भन्छिन्।

प्रतिक्रिया दिनुहोस