बिहीवार देखि यसरी हुन्छ निजी विद्यालयमा पढाई

काठमाडौं । केही दिन देखि अनलाईन कक्षा बन्द गरेका निजी विद्यालयको अनलाईन कक्षा विहिवार देखि फेरी सुरु हुने भएको छ । अभिभावकसंग वैशाख महिना देखिको विद्यालय शुल्क माग गरेको प्याप्सन र एन प्याप्सनलाई सरकारले शुल्क नउठाउनु भनेपछि कक्षा बन्द गर्ने निर्णय गरेका थिए । बुधबार बसेको प्याब्सन, एन प्याप्सन, अभिभावक महासंघ, इस्टुलगायत संस्थाको संयुक्त बैठकले विहिवार देखि कक्षा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

बुधबार सबेको प्याब्सन, एन प्याब्सन, इस्टु, अभिभावकसंघलगायतको संयुक्त बैठकको निर्णयमा भनिएको छ। ‘आफ्नो पेशागत र व्यवसायिक मर्मलाई सरकारले संशोधन नगरेको र बारम्बारको अल्टिमेटम पूरा नगरेकाले प्याब्सन र एन प्याब्सनको आह्वानमा वैकल्पिक विधिको अध्यापनसमेत बन्द गरेको सन्दर्भमा अभिभावक संघ र इस्टुको समेत आग्रहमा साउन ८ गतेबाट वैकल्पिक अध्ययनको शिक्षा शिक्षण सुचारु गर्ने’, पहिलो निर्णयमा भनिएको छ।

विश्वव्यापी फैलिएको कोरोना रोक्नका लागि सरकारले २०७६ चैत ११ गतेदेखि गरेको लकडाउन मंगलबारबाट अन्त्य गर्ने निर्णय गरेको थियो । त्यस लगत्तै निजी विद्यालयसँग सम्बन्धित संघ संस्थाले बन्द गरेको अनलाइन कक्षा चलाउने निर्णय गरेका हुन् । सँगै उनीहरुले भदौ १ गतेदेखि मात्र शैक्षिक संस्था खोल्ने सरकारको निर्णय पुनःविचार गर्नसमेत माग गरेका छन् ।
निजी विद्यालयले साउन १ गतेदेखि अनलाइन कक्षा बन्द गर्ने र शिक्षकलाई बेतलबी बिदा दिने निर्णय गरेका थिए ।

यो अर्को समाचार, पोखरामा बिहीबारदेखि सार्वजनिक बस चल्ने
कोरोना भाइरस फैलिन नदिने उद्देश्यका साथ झण्डै चार महिनादेखि जारी बन्दाबन्दीका कारण रोकिएका सार्वजनिक यातायातका साधन पोखरामा बिहीबारदेखि सञ्चालन गरिने भएको छ ।

सार्वजनिक सवारी सञ्चालन गर्दै आएको पोखराको सबैभन्दा ठूलो कम्पनी पोखरा यातायात प्रालिले ५० प्रतिशत सार्वजनिक सवारी साधन चलाउने तयारी गरेको कम्पनीका प्रबन्ध निर्देशक अमृत शर्माले जानकारी दिए । उनका अनुसार पोखरामा कम्पनीमा आबद्ध ३६० सवारी साधन सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस