ह्वात्तै बढ्यो चिनीको मूल्य, किलोको कति पुग्यो ?

काठमाडौं / नेपाली बजारमा चिनीको मूल्य बढेको छ । अहिले बजारमा तरकारी लगायत बिभिन्न सामानको मूल्य बढी रहेको बेला चिनीको मूल्य पनि बढेको हो । मुलुकभित्र चिनीको मौज्दात सकिँदै गएपछि ठूला व्यापारीले चिनीको मूल्य बढाएका हुन् ।

बजारमा किलोको ८५ रुपैयामा बिक्रि हुँदै आएको चिनीको मूल्य अहिले किलोकै १ सय रुपैयासम्म पुगेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनसँग चिनीको मौज्दात सकिएपछि बजारमा चिनीको मूल्य बढेको हो ।

नेपाल खुद्रा व्यापार संघका अनुसार पछिल्लो ३ दिनको अवधिमा चिनीको मूल्य बढेको हो । अहिले चिनीको मूल्य थोकमा प्रतिकिलो ८५ देखि ९० रुपैयाँ रहेको छ । बजारमा चिनिको मूल्य १० देखि १५ रुपैयाँसम्म वढेको हो ।

सोमबार केही देशको विनिमयदर बढेका छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ४ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ९९ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ तोकिएको छ भने बिक्रिदर ३ सय ९१ रुपैयाँ ९५ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५३ रुपैयाँ ५४ पैसा तोकिएको छ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९६ पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ १६ पैसा तोकिएको छ 

प्रतिक्रिया दिनुहोस