यी किशोरलाई बाँदर भनेर ढुंगाले हिर्काउँदा मन कति दुख्दो हो ?

एजेन्सी– छिमेकी मुलुक भारतका १३ वर्षका ललित पाटिदार अनौठो रोगबाट पीडित बनेका छन् । १३ वर्षको कलिलो उमेरमै उनको अनुहारभरी कपाल पलाएको छ ।

वेरउल्फ सिन्ड्रोम रोगका कारण उनको अनुहारभरी कपाल पलाएको चिकित्सकहरुले बताएका छन् । ती बालकको झण्डै ५ सेन्टिमिटर सम्म लामा भुत्ला छन् ।
मध्य प्रदेशका उनको टाउकोमा जस्तै लामो तथा बाक्लो कपाल अनुहारमा बोकेर निकै कष्टप्रद जीवन विताइरहेका छन् ।

कतिपय मानिसले आफूलाई देखेर बाँदर समेत भन्ने गरेको र कतिपयले त ढुंगाले हिर्काउने गरेको उनी बताउँछन् । भारतीय प्रहरीमा भर्ना भएर देशको सेवा गर्ने उनको इच्छा छ ।

ललितकी आमा पर्वतबाइका अनुसार परिवारमा १४ जना सदस्य छन् । जन्मैदेखि ललितको अनुहारभर असामान्य रौँ हरु थिए । उनको त्यो समस्यालाई चिकित्सा भाषामा कन्जेनिटल हायरट्राइकोसिस भनिन्छ ।

सुरुवाती दिनमा उनीसँग साथीहरु नजिक आउने डराउने गरेको भएपनि अहिले चाहीँ सबैले सामान्य व्यवहार गर्न थालेको उनकी आमाले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस