बहुगुणी जीरा र सक्खर पानीमा मिसाएर खाँदा कुन कुन रोगबाट बच्न सकिन्छ ? जान्नुहोस

जीरा हरेक घरमा मसलाका रूपमा प्रयोग हुन्छ । यसले खानाको स्वाद र सुगन्ध बढाइदिन्छ । अनि सक्खरको मिठासले मिठाईहरूको स्वाद बढाइदिन्छ । यी बहुगुणी जीरा र सक्खर पानीमा मिसाएर खाँदा अनेकौं रोगबाट बच्न सकिन्छ ।

कम्मर दुख्दा

सक्खर र जीरा भएको पानी पिउँदा ढाड वा कम्मरको दुखेको समस्याबाट मुक्ति पाइन्छ ।

रोगप्रतिरोधक क्षमता

जीरा र सक्खर प्राकृतिक गुणहरूले भरिएका हुन्छन् । यिनीहरूले शरीरभित्रको फोहोर सफा गरेर रोगप्रतिरोधक क्षमतालाई बलियो बनाउँछन् ।

रजस्वला

रजस्वला अनियमित भएमा र पेटमा पीडा जस्ता समस्या आएमा यस्तो पानी पिउँदा आराम पुग्छ ।

पेट रोग

कब्जियत, ग्यास, पेट फुल्ने र पेट दुख्ने लगायतका समस्या छ भने सक्खर र जीरा भएको पानी पिउँदा फाइदा हुन्छ ।

टाउको दुखेको

टाउको दुख्ने समस्या छ भने सक्खर र जीरायुक्त पानी पिउँदा लाभ मिल्छ । ज्वरो आएको अवस्थामा पनि यो मिश्रणले त्यसबाट छुटकारा दिलाउँछ ।

रक्ताल्पता

सक्खर र जीरा हालेको पानी पिउँदा शरीरमा रक्ताल्पताको समस्या हट्छ । यसले रगतमा भएका अशुद्धिहरूलाई पनि हटाउँछ ।

यसरी बनाउनुस् मिश्रण

सबभन्दा पहिला एउटा भाँडोमा दुई कप पानी हाल्नुस् । यसमा एक चम्चा फुटाएको सक्खर र एक चम्चा जीरा मिसाएर मज्जाले उमाल्नुस् । त्यसपछि त्यसलाई एउटा कपमा हालेर त्यो पानी पिउनुस् । यो पानी एक कप दिनदिनै बिहान खाली पेटमा पिउँदा छिट्टो फाइदा पुग्छ ।

हामीले केहि थप जानकारी दिइएका छाै

टाउको दुखेमा यस्ता समाधानका उपाय लगाउन सकिन्छ एकपटक पढाैँ

टाउको दुख्ने समस्याले सबै मानिसलाई सताइ रहेको हुन्छ । कहिले कहिँ धेरै गर्मि हुदा पनि टाउको दुख्ने गर्छ भने कहिले धेरै तनावका करण पनि टाउको दुख्छ । टाउको दुखेमा यस्ता समाधानका उपाय लगाउन सकिन्छ ।

१. चम्किलो प्रकाश र भीडभाडबाट टाढै रहने गर्नुपर्छ । अति दुर्गन्ध तथा बास्ना आउने ठाउँ नजिक जाँदा पनि टाउको दुख्ने गर्छ । यस्तो कुराबाट टाढा रहनुपर्छ ।

२. भोको पेट नबस्ने, पानी तथा फलफूल प्रशस्त मात्रामा खाने गर्नुपर्छ । चिन्तामुक्त भएर बस्ने कोशिश गर्ने गर्नुपर्छ । कम्तिमा पनि ६ देखि आठ घन्टा आरामले सुत्ने ।

३. गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार खानु हुँदैन । यसले टाउको दुखाइलाई बढी निम्त्याउंछ ।

४. दही, मही, पनिर, आइसक्रिम, कफी चकलेट धेरै खाँदा पनि त्यतिकै टाउको दुख्ने समस्या हुन्छ । यस्तो बानीलाई हटाउनुपर्छ ।

५. कोक, बियर, रक्सी, वाइन (बन्द बोतल पेय पदार्थ )को सेवन बढी गर्नु हुँदैन । त्यसैले यस्तो बानीलाई पनि सुधार्नुपर्छ ।

किन दुख्छ टाउको ?

१. ब्रत

केही व्यक्तिमा उपवासपछि पनि टाउको दुख्ने गर्छ । खासगरी बेलुकी ६ बजेदेखि अर्को दिन बिहान १० बजेसम्म भोकै बस्दा यसरी टाउको दुख्ने गर्छ ।

दुखाइमा केही नखाई खाली पेटमा गर्नुपर्ने रगत वा अन्य परीक्षण तथा उपवासबाट शारीरिक वजन घटाउँदा वा अत्यन्त न्यून ऊर्जायुक्त भोजन (लो एनर्जी डाइटिङ) गर्दा टाउको दुख्न सक्छ ।

यस्तो टाउको दुखाइमा पनि कफी सेवनबाट सुधार हुन सक्छ। रगतलगायत परीक्षणमा भोको पेट बस्नुको साटो कस्ता तरल पदार्थ खान हुन्छ (जस्तै चिया, कफी, पानी आदि) जानकारी लिने । यस्तो टाउको दुखाइबाट जोगिन राति भोकै नसुत्नु बेस हुन्छ ।

२. मध्यपान

अल्कोहल (मध्यपान) का कारण हुने ‘ह्याङओभर’को पहिलो लक्षण नै टाउको दुख्नु हो । तर, एक पेगदेखि कतिसम्म अल्कोहल पिए ह्याङओभर हुन्छ भन्ने व्यक्तिअनुसार फरक पर्छ ।

अल्कोहल पिएपछि फुट्नेगरी टाउको दुख्नु, छिटोछिटो पिसाब लाग्नु र वान्ता गर्नुले ‘डिहाइड्रेसन’को जोखिम बढाउँछ । यसले रगतमा समेत परिवर्तन गर्छ र मस्तिष्कमा अक्सिजनको प्रवाह कम हुन्छ ।

कलेजोले रगत–मस्तिष्कको क्षमताले धान्नेभन्दा धेरै भएर अल्कोहल पचाउनु (मेटाबोलिज्म) परेपछि ह्याङओभर हुनेगर्छ ।अल्कोहलले तनावका कारण हुने टाउको दुखाइ, अधाहा (आधा टाउको दुख्ने) र माइग्रेन समेत निम्त्याउन सक्छ ।

अल्कोहलका मामिलामा बुद्धिमत्तापूर्ण सुझाव भनेकै, आफूले पचाउन सक्नेगरी पिउने, खाली पेटमा अल्कोहल सेवन नगर्ने र पानीको मात्रा बढाउने नै हुन् । र, तपाईं अल्कोहलप्रति धेरै संवदेनशील हुनुहुन्छ भने सेवन नगर्नु नै उत्तम विकल्प हो ।

३. फोलेटयुक्त भोजनको मात्रा

हालै गरिएको एउटा अध्ययनले फोलेटयुक्त भोजनको कमीका कारण बारम्बार माइग्रेन दुख्ने गरेको तथ्य पत्ता लगाएको थियो ।

त्यसैले हरिया सागपात, गेडागुडी, बिउ, कुखुराको मासु, अन्डा, सुन्तला, कागती, अंगुर, भोगटेजस्ता फलफूल पर्याप्त मात्रामा खाने गर्नुपर्छ ।

४. पानी

अलिकति बढी पानी खाँदैमा केही बिगार पनि हुँदैन, त्यसैले केही दिन प्रयोगकै रुपमा १–२ लिटर पानी बढी खाएर हेर्नुस् । पानीको बोतल जहाँ जाँदा पनि सधैं बोक्नुहोस् र खाली हुनासाथ नबिर्सी भरिरहनुहोस्, ताकि बढी पानी खानुपर्छ भनेर बोतलले नै तपाईंलाई सम्झना दिलाइरहोस् ।

५. क्याफिन

दैनिक चार सय मिलिग्रामभन्दा बढी क्याफिन सेवन गर्ने ५० हजार जनाभन्दा बढी नर्बेजियालीमा टाउको दुखाइ र क्याफिनको सम्बन्धबीच एउटा अनुसन्धान गरिएको थियो । सहभागीमध्ये सबैभन्दा बढी क्याफिन (दैनिक ५४० मिलिग्राम) सेवन गर्नेहरूलाई माइग्रेन लगायत टाउको दुखाइको सम्भावना १० प्रतिशत बढी पाइयो ।

तर जब टाउको दुखाइको दोहोरिने प्रवृत्तिको अध्ययन गरियो, थोरै मात्रामा क्याफिन (दैनिक २४० मिलिग्राम) सेवन गर्नेको तुलनामा बढी मात्रामा क्याफिन सेवन गर्नेलाई ‘नन–माइग्रेन’ टाउको दुखाइ महिनामा ७ पल्टभन्दा कम मात्र हुने गरेको पाइयो । यसमा क्याफिनको बढी मात्राले टाउको दुखाइ घटाउने तथ्य पाइयो ।

अनुसन्धानकर्ताले सबैभन्दा थोरै क्याफिन (दैनिक १२५ मिलिग्राम) सेवन गर्नेहरूलाई भने महिनामा १४ पल्टभन्दा बढी टाउको दुख्न सक्ने तथ्य पत्ता लगाए। ती सहभागीहरू बढी संवेदनशील र क्याफिनप्रति उदासिन भएका कारण यस्तो हुन सक्ने अनुसन्धानकर्ताले बताए ।

निदाएका बेला टाउको दुख्ने रोगलाई हिप्निक हेडेक भनिन्छ । आक्कलझुक्कल कसैकसैलाई मात्र हुने हिप्निक हेडेकमा १५ मिनेटदेखि ३ घन्टासम्म टाउको दुख्न सक्छ र यो खासगरी बुढापाकालाई हुन्छ। हिप्निक हेडेकको उपचार कडा कफी खुवाएर गरिन्छ ।

प्रतिक्रिया दिनुहोस