भाकल मागेमा मनोकांक्षा पूरा हुने तनहुँको छाब्दी बाराही मन्दिरबाट आयो खुशीको खबर प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिर जाने छाब्दी मार्ग एक सातापछि आइतबारदेखि सञ्चालनमा ल्याइएको छ । छाब्द…

प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिर जाने छाब्दी मार्ग एक सातापछि आइतबारदेखि सञ्चालनमा ल्याइएको छ । छाब्दी मार्गअन्तर्गत जिल्लाको ब्यास नगरपालिका–१ कदम खोलाको ह्युमपाइप बाढीले बगाउँदा अवरुद्ध भएपछि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको हो ।

गत साउन ४ र ५ गते परेको अविरल वर्षापछि आएको बाढीले कदम खोलाको ह्युमपाइप बगाएपछि आवतजावतमा समस्या भएकाले सुचारु गर्न लागेको कदम खोला छाब्दी मार्ग उपभोक्ता समितिका संयोजक मणिजङ्ग बस्नेतले जानकारी दिए ।

उनका अनुसार उक्त मार्ग सञ्चालनको लागि सडक डिभिजन कार्यालयबाट चारवटा ह्युमपाइप र नगरपालिकाबाट मर्मतको लागि बजेट विनियोजन गर्ने गरी काम शुरु गरिएको हो । शनिबार दुई वटा स्काभेटर प्रयोग गरेर १५ फुटे मार्ग निर्माण गर्न लागिएको छ । उनले भने । “उक्त मार्ग पुनः सञ्चालन गर्न करिब रु पाँच लाख खर्च हुने अनुमान गरिएको छ ।”

वर्षायामको समय रहिरहेकाले तत्कालको समस्यालाई मध्यनजर गर्दै वैकल्पिक रुपमा छाब्दीमार्ग पुनः सञ्चालन गर्न लागिएको ब्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानले बताउनुभयो । असोज महिना लागेपछि गण्डकी प्रदेश सरकारसँग समन्वय गरी राम्रै किसिमले उक्त मार्ग निर्माण गरिने योजना रहेको नगरपालिकाले जनाएको छ ।

तनहुँको सदरमुकामदेखि करिब ८ किलोमिटर पूर्वमा छाब्दी बाराही मन्दिर अवस्थित छन् । हिउँदमा धुलो र वर्षायाममा हिलाम्ये हुने उक्त सडकको कालोपत्र गर्न बाँकी रहेको भाग तीनवटै सरकारको सहयोगमा कालोपत्र सम्पन्न गरिएको छ । सो मार्गमा कालोपत्र गरिएसँगै हिलो र धुलोमा सामना गर्नुपर्ने समस्याको अन्त्य भएको छ । छाब्दी देवीसँग भाकल मागेमा मनोकांक्षा पूरा हुने विश्वासका साथ विभिन्न जिल्लाबाट भक्तजन पूजाअर्चना गर्न आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस