अनौठा मानिस, जसका शरिरमा छन् रुखका हाँगा, गरियो २५ पटक अपरेसन

काठमाडौं – विश्वमा धेरै अनौठा मानिसहरु छन् । यस्तै एक यस्ता अनौठा मानिस छन्, जसको शरिर नै रुखका हाँगा जस्ता छन् । ती अनौठा मानिस बंगलादेशका हुन् । बंगलादेशका अब्दुल बजनदारको शरीरको संरचना सामान्य मानिसको भन्दा फरक छ ।  

उनको शरीरमा रुखका जरा नै जरा उम्रिएका छन् । खासमा उनको शरिरमा रुखका जरा उम्रिएको होइन । उनको शरिर एक रोगका कारण विग्रिएको हो । 

रोगका कारण उनका हात र खुट्टामा रुखका हाँगा जस्ता भएका हुन् । उनले आफ्नो शरिर ठिक गर्न २५ पटक अपरेसन गरे ।  तर उनको त्यो समस्या हटेन । 

उनको त्यो समस्याले उनलाई रातमा सुत्न पनि गाह्रो हुन्छ । उनमा देखिएको उक्त रोगलाई डाक्टरहरुले एपिडर्मोडिसप्लासिया वेरुसीपारमिस नाम दिएका छन् । उनी आफ्नो यस्तो शरिर देखेर धेरै नै चिन्तित छन् । 

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस