आज पाथीभरा माताको मन्दिरलाई एक शे,य,र गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।।तपाईको मनोकामना पुरा हुनेछ ।।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै तपाईँकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउँन सकिनेछ भने थप लगानी बढाउने वातावरण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबीच विश्वास बढेर जानेछ । नयाँ-नयाँ कामको प्रस्ताब आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो समयदेखि रोकिएका कामहरु बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ । आफन्त तथा जीवन साथीको साथ पाइने हुनाले मन प्रशन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरि नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्बाह गर्नु पर्नेछ । व्यापारबाट आम्दानी गर्न सकिनेछ भने घरायरि सुखसुबिधा भरपुर मात्रामा प्रयोग गर्न पाइनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइमा उपलब्धि हात पार्नको लागि कडा मेहनतको खाचो पर्नेछ । व्पायार व्यवसायमा समय दिन नसक्दा आम्दानीमा घटोत्तरि हुनेछ । आफन्त तथा दिदी बहिनीसँग सामान्य कुरामा पनि मनमुटाब बढ्ने योग रहेकोछ । स्थाइ सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । प्रेममा नचाहाँदै नचाहाँदै टाढिनु पर्दा मन खिन्न हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आउनेछ भने बहुमुल्य धातु संग्रह गर्न सकिनेछ । सुभचिन्तकहरुको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरु सम्पन्न हुनेछछन् । भौतिक सम्पति तथा विलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धबहरुको सहयोग तथा समर्धन पाईने हुनाले उपलव्धिमुलक कामहरु गर्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) छोटो दुरिको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेकोछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धिहरुलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईँको नाम रहेनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सन्तानको प्रगति देखेर मन रमाउँनेछ भने बंश बृद्धिको गतिलो सम्भावना रहेकोछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरु खुसी हुँनेछन् । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ । आफूले मन पराएको मानिसबाट उपाहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ । नयाँ योजनाहरु बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानी गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) घर जग्गा तथा पैत्रिक सम्पतिमा विवाद बढ्ने ग्रहयोग रहेको छ भने सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नसोचेको घट्ना घट्न सक्छ । राजनीति तथा समाजसेवामा तपाईँको प्रभाव कमजोर भएर जानेछ । व्यापार व्यवसायमा लगानी गरेपनि आम्दानी कम हुने हुदा दैनिकी प्रभावित हुन सक्छ ध्यान दिनुहोला । उच्च महत्वकांक्षाले समस्या निम्तन सक्छ ध्यान दिनुहोला । प्रेममा सामान्य विवाद बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सानो प्रयत्नले राम्रो काम गरि फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरि गन्तब्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकिहरुसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेकोछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कुटुम्ब तथा बोलि भावमा गोचर गर्ने चन्द्रमाले कुटुम्बसँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ भने बाेलिको माध्ययमबाट राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लागि हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाइलो वातावरण दिन कटाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यवसायमा लगानी गरि मनग्गे धन संग्रह गर्न सकिनेछ । विद्यार्थीहरुले मेहनत गरि राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तिको योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खानपान तथा मौषमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । माया प्रेममा धोका हुनेछ भने जीवन साथिसँग मनमुटाब बढ्नेछ । पढाइ लेखाइमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । विदेशमा उत्पादित सामानको व्यवसाय फस्टाएर जानेछ मने स्वादेशी सामानको व्यापारमा मन्दि आउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आएभावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नया प्रकृतिको काम गरि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नया ठाउँबाट प्रेम प्रस्ताब आउनेछ । इच्छा आकांक्षा पुरा गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

ज्योतिषी गणेश काफ्ले ।

प्रतिक्रिया दिनुहोस