तामाको भाडामा भुलेर पनि नराख्नुस् यी चिज, विष लागेर मृत्यु पनि हुन सक्छ !

हामीले तामाको भाडोमा राखेको पानी प्रयोग गरेमा कतिपय रोग नलाग्ने भन्ने कुरा सन्दै आएका छौं । तर, कतिपय चिजहरु तामाको भाडामा राखेको खानेकुरा खाएमा स्वास्थ्यका लागि निकै हानिकार कुने गर्छ । जुन चिजले विषको काम पनि गर्छ ।

कुन–कुन चिज तामाको भाडामा राख्नुहुन्न भन्ने बारेमा जानिराखौं

अचार अचार तामाको भाडामा कहिलै पनि राख्नुहुन्न । अचारमा भएको तत्व कपर पोइजनिङ्गमा परिणत हुन्छ, जसको प्रयोगले स्वास्थ्यलाई हानी गर्छ ।

दही दहीलाई तामो भाडामा राखेमा त्यसमा भउको पोषक तत्व उल्टै विषमा परिणत हुन्छ । जसको सेवनले मानिसलाई रिएक्सन गर्छ ।

दूध दुध तामाको भाडामा राख्दा दही जस्तै दुधमा भएको पोषक तत्व विषमा परिणत हुन्छ । यसको सेवन गर्दा मानिसलाई बमेट हुने, झाडापखाला, पेट दुख्ने गायतका समस्या हुन्छन् ।

लेमन जूस लेमन जूस पनि तामाको भाडामा राख्नुहुन्न । यसमा भएको एसिड तामाुंग मिले रिएक्ट हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसको प्रयोगले ग्याष्टिक, पेट दुख्ने समस्या पैदा हुन्छ ।

अमिलो खालका खानेकुरा अमिलो खालका फलफुल, तरकारी लगायतका चिजहरु तामाको भाडामा राख्नुहुन्न । यसरी तामाको भाडामा राखेको खाएमा कमजोर भइने, अल्छी लाग्ने, रिङ्गटा लाग्ने र बेहोस हुने समस्या हुन्छ ।

तामाको भाडाको पानी कसरी पिउँदा स्वास्थ्यलाई फाइदा गर्छ ?

तामालाई हिन्दु परम्परा अनुसार पवित्र धातु मानिन्छ। र यसलाई वैदिक कार्यहरुमा अनिवार्य मानिन्छ । तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ । आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ । यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ ।

तामाको भाँडामा राखिएको पानी पिउनुका फाइदाहरु

१. तामाको भाँडामा पानी राख्नाले तामा बिस्तारै पानीमा मिसिएर सकारात्मक गुण प्रदान गर्छ । यसको सबैभन्दा राम्रो पक्ष भनेको यसमा राखिएको पानी कहिल्यै पनि बेस्वादको हुँदैंन । त्यसैले लामो समयसम्म तामाको भाँडामा पानी राख्न सकिन्छ ।

२. तामामा प्राकृतिक रुपमा ओलीगोडिनेमिकको रुपमा (ब्याक्टेरियामा धातुलाई स्टेरलाइज्ड) मानिन्छ । यसमा राखिएको पानीको सेवनले पेटमा भएको ब्याक्टेरिया सजिलै नष्ट गर्न सक्छ । यस्तै, पानीजन्य रोग डाइरिया, कमलपित्तजस्ता रोग रोक्न पनि उपयोगी मानिन्छ ।

३. थाइरेक्सिन नामक हर्मोनको असन्तुलनका कारण थाइराइडको रोग लाग्छ । तामाको भाँडामा राखिएको पानी पिउनाले शरीरमा थाइरेक्सिन हर्मोन नियन्त्रित हुन्छ र यो हर्मोन निकाल्ने ग्रन्थीको कार्यप्रणालीलाई पनि नियन्त्रित गर्छ ।

४. तामामा मष्तिष्कलाई उत्तेजित गर्ने गुण हुन्छ । यो गुणको उपस्थितिमा मष्तिष्कले तीब्रता र कुशलतापूर्वक काम गर्न मद्दत गर्छ ।

५. जोर्नी दुख्ने समस्या छ भने तामाको भाँडामा राखिएको पानी नियमित पिउनाले फाइदा हुन्छ । यसमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ ।

६. यदि छाला स्वस्थ र सुन्दर बनाउन चाहनुहुन्छ भने रातभर तामाको भाँडामा राखिएको पानी बिहान पिउनुहोस् । तामाले शरीरमा नयाँ कोशिकाहरुको उत्पादनमा मद्दत गर्छ । नियमित रुपमा यस्तोपानी पिउनाले छाला स्वस्थ र चम्किलो हुन्छ ।

७. एसिडिटी, कब्जियतजस्ता पेटका समस्या भएका मानिसका लागि तामाको भाँडामा राखिएको पानी अमृतसमान हुन्छ । आयुर्वेदका अनुसार यदि शरीरमा भएको विषाक्त पदार्थ बाहिर निकाल्न चाहने हो भने तामाको भाँडामा कम्तीमा ८ घण्टा राखिएको पानी पिउनुहोस् । यसबाट पेट फुल्ने समस्या र पाचनप्रणालीका समस्या हट्छन् ।

८. तामाको भाँडामा राखिएको पानी पिउनाले चाउरी पर्ने प्रक्रियालाई पनि ढिलो गराइदिन्छ । यसले नयाँ र स्वस्थ छालाको कोशिकाको उत्पादनमा पनि मद्दत गर्छ ।

९. यसले रगतको विकार र कमी हुने समस्या हट्छ । पोषक तत्वलाई शोषेर रक्तवाहिनी नलीहरुमा यसलाई नियन्त्रित गर्छ ।

याे जनकारी पनि अत्यन्तै महत्त्वपुर्ण छ ।

तामाको औंठी लगाउँदा यस्ता फाइदा हुन्छन्

तामाको औंठीले सूर्यको बल बढाउँछ । सूर्यदेवको कृपाले घरपरिवार र समाजमा मानसम्मान पाइन्छ ।

तामाको औंठी लगाउँदा त्यसको औषधीय गुण पनि शरीरले प्राप्त गर्छ । रगत सफा हुन्छ ।

तामाको भाँडोमा राखिएको पानी पिउँदा स्वास्थ्यलाभ हुन्छ । औंठी लगाउँदा फाइदा हुने नै भयो ।

तामाको औंठीको असरले पेटसम्बन्धी रोगबाट छुटकारा पाइन्छ ।

तामा औंलामा लगाउँदा छाला पनि चमकिलो हुन्छ ।

हिन्दू धर्ममा सुन, चाँदी, तामा तीन धातुलाई पवित्र मानिएको छ । पूजापाठमा यी धातुहरूको उपयोग सबभन्दा धेरै हुन्छ । यसबाहेक यी धातुको औंठी पनि मानिसहरूले लगाउँछन् ।

तामाको औंठी सूर्यको औंला अर्थात् अनामिकामा लगाउनुपर्छ । कुण्डलीमा सूर्य दोषको असर कम हुन्छ ।

सूर्यका साथै मंगलको अशुभ असरलाई पनि तामाको औंठीले कम गर्छ ।

आयुर्वेदका अनुसार, तामाको भाँडोले रोगप्रतिरोधक क्षमता बढाउँछ । यही लाभ तामाको औंठी लगाउँदा पनि हुन्छ ।

के डरलाग्दो सपना देख्नु हुन्छ ? यस्तो हुनसक्छ बास्तु दोष

सपनालाई कतिले अवचेतन मनको उपज ठान्छन् । कतिले दिनभर देखेको, भोगेकै कुराको पुनरावृत्ति ठान्छन् । सपनाले पछि हुनेे घटना-दुर्घटनाबारे समेत संकेत दिने ठानिन्छ । त्यसैले डरलाग्दो वा खराब सपना देखेपछि त्यसले हामीमा चिन्ता पैदा गर्छ ।

हाम्रो समाजमा सपनालाई कतिपय संकेतको रुपमा पनि बुझिने गरिएको छ । सपनालाई राम्रो र नराम्रो भनेर पनि छुट्याउने गरिन्छ ।

सपना के हो ? यसबारे अनेक किसिमको मत छ

कहिले कहि हामी भयानक सपना देख्छौं । भनिन्छ, यस्तो सपना देख्नुमा वास्तु दोष पनि एक हो । यसबाट छुटकारा पाउने केहि वास्तु टिप्स छ ।

सिरानीमा चक्कु

यदि राति निद्रामा डरलाग्दो सपनाले सताउँछ भने सुत्नुभन्दा अगाडि आफ्नो सिरानीमुनि एउटा चक्कु राखौं । चक्कु नभए फलामको कुनै धारिलो हतियार राखौ । यसो गर्दा वास्तुको हिसाबले तपाईं आफ्नो समस्याबाट छुट्कारा पाउन सफल हुनुहुनेछ ।

पहेँलो चामल

सुत्नुअघि आफ्नो सिरानीमुनि पहेँलो चामल राखौं । सेतो चामलमा बेसार दलेर पनि पहेँलो बनाउन सक्नुहुन्छ । यसो गर्दा तपाईं डरलाग्दो सपनाबाट मुक्ती पाइनेछ ।

सुकुमेलको पोको

राति सुत्नुअघि एउटा कपडामा सुकुमेल बाँधेर त्यसलाई आफ्नो सिरानीमुनि राखौ । वास्तुका अनुसार यसो गर्दा राति मिठो निद्रा पर्नेछ र सपना पनि राम्रो देखिनेछ ।

तामाको भाँडोमा पानी

कहिलेकाहीँ डरलाग्दो सपना नदेखे तापनि तपाईं निद्रामा आत्तिदै उठिन्छ । यदि तपाईंलाई पनि यस्तो हुन्छ भने एउटा तामाको भाँडोमा पानी भरेर आफ्नो खाटको मुनि राखौं । बिहान उठेपछि त्यो पानीलाई गमलामा हाल्नुपर्छ ।

जुत्ता चप्पल नराख्नुस

कतिपयले राति सुत्दा आफ्नो जुत्ता-चप्पल खाटमुनि नै राख्छन् । यदि तपाईंको पनि यस्तो बानी छ भने तुरुन्त सच्याउनुपर्छ । जुत्ता वा चप्पल ओछ्यानमुनि राख्दा पनि खराब सपनाहरु देखिन्छन् भन्ने वास्तुको मान्यता छ ।

ओछ्यान सफा गरेर सुतौं

यदि राम्ररी ओछ्यान सफा नगरिकन सुतिएको छ भने पनि खराब सपनाको शिकार बन्न सकिन्छ । त्यसैले सुत्नुभन्दा अगाडि ओछ्यान राम्ररी मिलाउनुपर्छ । साथै सुत्नुअघि गोडा धुने बानी गर्नुपर्छ ।

गाढा रंगको ओढ्ने

यदि तपाईं गाढा रंगको ओढ्ने ओढेर सुत्ने गरिएको छ भने त्यसलाई पनि बदल्नुपर्छ । राति डरलाग्दो सपना देख्नुको एउटा कारण यो पनि हुन सक्छ ।

कपाल बाँधेर सुत्नु हुँदैन

महिलाहरुले राति कपाल बाँधेर सुत्नु हुँदैन । राति कपाल खुल्ला छोडेर सुत्नाले मिठो निद्रा लाग्ने र राम्रो सपना देखिने विश्वास छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ

प्रतिक्रिया दिनुहोस