मृत्युको मुखमा पुगिसकेकी १२ बर्षिया बालिकाको ज्यान बचायो गाँजाले !

मृ’त्युको मुखमा पुगिसकेकी अमेरिकाको एरिजोनाकी १२ वर्षकी एनालिस लुजानको ज्यान गाँ’जा ले बचाएको छ । लुजान त्यतिबेला मृत्युको मुखमा पुगिसकेकी थिइन् जब उनलाई निकै दुर्लभ एपिलेप्सी सिन्ड्रोम नामको रोग लागेको थियो ।

यो रोगका कारण दिमागले ठिकसँग काम गर्दैन र लगातार बे’होसी तथा झ’ट्काका कारण व्यक्तिको मृ’त्यु हुन्छ

१२ वर्षकी एनाजिस एक जिम्नास्टिक मिटमा थिइन् । यत्तिकैमा उनलाई उल्टी हुन थाल्यो र खुट्टाले काम गर्न छाडे । उनका आमाबाबुले उनलाई तत्काल अस्पताल लिएर गए ।

अस्पतालमा उनको मस्तिष्कलाई म’र्नबाट बचाउनको लागि डाक्टरहरुले यसलाई अचेत गरिदिए । जाँचपछि डाक्टरहरुले बताए एनालिसलाई निकै विचित्र किसिमको रोग लागेको छ । डाक्टरले उनको उपचार सुरु गरे तर उनीमाथि कुनै औषधीले असर गरिरहेको थिएन ।

औषधीले असर नगरेपछि डाक्टर र एनालिसको परिवार दुवै चिन्तित थिए । यही बीचमा एनालिसकी आमाले एक किताबमा लेखिएको अनुसन्धानमा पढिन् गाँ’जा को तेलबाट बनेको औषधी क्यानाबिडियलबाट यो रोगको उपचार सम्भव छ ।

एनालिसकी आमाले यस बारेमा डाक्टरसँग कुरा गरेपछि अस्पतालको अनुमतिमा यो औषधी परीक्षण गरियो । आश्चर्यको कुरा एनालिस यो औषधीको ३ डोजले ठिक भइन् । यो केडिकल साइन्समा निकै ठूलो उपलब्धी थियो ।

न्युज अफ नेपालको सहयोगमा

प्रतिक्रिया दिनुहोस