ज्वानोको झोल खानुका यस्ता फाइदाहरु, तौल घटाउनु मन भए खानुहोस्

हाम्रो भान्छामा प्रयोग हुने मसलाको रुपमा ज्वानोलाई लिने गर्दछौ । ज्वानोलाई मसला मात्रै हामी सोचेको हुन्छौ होला तर ज्वानो खानु स्वास्थ्यको लागि लाभदायी हुन्छ ।

यसलाई खाद्य विशेषज्ञले नेगेटिव कैलोरी फूड मा गणना गर्दछन । यो थोरै मात्रामा खादा पनि पेट भरिएको अनुभव गराउने हुनाले वजन घटाउन चाहनेहरु ले यसको झोल खाने गर्दछन ।

कम्मर दुख्ने रोगमा

एक पाउ ज्वानो धूलो एक पाउ सखर दुबै बराबर राम्ररी मिसाएर विहान्वेलुका तातोपानी सँग १,१ चम्चा सेवन गर्नाले दुई हप्तामै ठिक हुँदै जान्छ।

नाथ्री फुटेमा

नीमको पात र ज्वानो पानीमा पिनेर दुबै कञ्चटमा लगाउनाले रोग निको भएर जान्छ।

रुघा लागेमा, सर्दि भएमा

ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ।

घाँटी बसेमा

एक गिलास पानीमा ज्वानो र सखर १ चम्चा राम्ररी उमालेर पिउनाले पनि घाँटी बसेको जान्छ।

शरीर दुख्ने रोगमा

भुटेको ज्वानो र सखर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहान,बेलुका मिश्री पानीसँग नियमित रुपमा खाने गरेमा दुई हप्तामा ठीक हुन्छ ।

सुत्केरीको प्रिय खाना ज्वानो

ज्वानो तरकारी तथा अचारमा स्वादको लागि प्रयोग गरिने वनस्पति हो । यस लाई खाध्य विशेषज हरुले ‘नेगेटिव कैलोरी फूड’ मा गणना गर्दछन । यो थोरै मात्रा मा खादा पनि पेट भरिएको अनुभव गराउने हुना ले वजन घटाउन चाहने हरु ले यसको झोल खाने गर्दछन।

हेर्नुहोस् के–के छन् ज्वानोका फाइदा

१. पेट दुखाईमा ज्वानो

ज्वानोमा रक्सीमा हुने समेत गुण भएकाले पेट दुखाईमा प्रयोग गर्दा तत्काल लाभ हुन्छ । मन तातो पानीमा अलिकति ज्वानो थोरै नुन हालेर खाएमा पेटमा भएको अपच ठिक भएर जान्छ । खानासँगै त्यत्तिकै ज्वानो खाँदा पनि फरक पर्दैन ।

२. सर्दीमा ज्वानो

सर्दी अथवा रुघाघोकीमा ज्वानो अमृततुल्य हुन्छ । १५ देखि २० दिनसम्म लगातार भुटेको ज्वानो २ ग्राम जति खाने हो भने ठिक हुन्छ । मनतातो पानीसँगै ज्वानो चपाएर खाँदा खोकीमा फाइदा गर्छ ।

३. दममा ज्वानो

दम रोग लागेकोमा ज्वानोको धुवाँ लिँदा सास फेर्न सहज बनाउँछ । ज्वानो र सखर मिलाएर दैनिक खाने हो भने दम रोगलाई निकै फाइदा पुर्याउँछ ।

४. मधुमेहमा ज्वानो

१ चियाचम्चा ज्वानोको दाना र ४ चियाचम्चा बेलपातको जुस दिनको दुईदेखि तीनचोटी खाँदा मधुमेह नियन्त्रण हुन्छ ।

५. रक्सी छुटाउन

ज्वानो प्रयोग गरेर बनाइएको ‘काँढापानी’ प्रत्येक रात सुत्नेबेला ३० मिलिलिटर करिब ५० दिनसम्म सेवन गर्ने हो भने यसले रक्सी अम्मली हटाउन सहयोग गर्छ । ६. हैजामा ज्वानो : हैजाका कारक किटाणुहरूलाई मार्नमा ज्वानो सहायक हुने भएकाले हैजामा ज्वानो सेवनको सल्लाह दिइन्छ ।

७. मृगौलामा हुने पत्थरीमा ज्वानो

ज्वानो, मह र चुक अमिलो सम्मिश्रण नियमित १० दिनसम्म प्रयोग गर्ने हो भने यसले मृगौलाको पत्थरीलाई गलाउन सहयोग पु-याउँछ ।

८. तौल घटाउनमा ज्वानो

ज्वानोमा पेटमा भएका धेरै रोगलाई हटाउने सामथ्र्य छ । यसले दिसा खलास बनाउँछ र तपार्इँको तौल घटाउनमा समेत सहयोग पु-याउँछ ।

९. पेट फुल्ने रोग र वायुविकारमा ज्वानो

वायुविकार र पेट फुल्ने रोगमा जादुगरी औषधी हो ज्वानो । ज्वानो उमालेर त्यसको वाफ खाने हो भने उल्लिखित रोगहरूमा धेरै नै लाभ हुन्छ ।

प्रतिक्रिया दिनुहोस