पहिलो श्रीमानबाट एक करोड, दोस्रोबाट ४५ लाख र तेस्रोसँग अमेरिका बेपत्ता

२३ श्रावण २०७७, शुक्रबार काठमाडौं। एक युवतीले बिहेको नाटक गरेर तीनजना युवकलाई ठगेको सनसनीपूर्ण समाचार भारतीय सञ्चार माध्यमहरुले प्रकाशित गरेका छन्। समाचार भारतको झारखण्ड राज्यको हो। झारखण्डकी एक युवतीले शादी डटकम साइटमाफर्त भारतका विभिन्न तीन राज्यका युवकसँग बिहे गर्छिन्। प्रियंका नामकी ती युवतीले पहिलो बिहे झारखण्डकै युवक निलय कुमारसँग गरेकी थिइन्। तीन वर्षसम्म यो बिहे राम्रै चल्यो। त्यसपछि एक दिन प्रियंका आफ्ना श्रीमानबाट एक करोड भारु लिएर बेपत्ता भइन्।

त्यसपछि उनले शादी डटकममाफर्त नै गुजरातको राजकोटका युवा अमित मोदीसँग बिहे गरिन्। यहाँ बिहे लामो समय टिकेन। श्रीमानलाई फकाएर ४५ लाख रुपैयाँ हात पारेपछि उनी बेपत्ता भइन्। प्रियंकाका ठगी यतिमै रोकिएन। उनले पूणेका युवकसँग २०१८ मा बिहे गरिन् र अमेरिका पुगिन्। समाचार अनुसार यो अपराधको पर्दाफास अमितले प्रियंकालाई फोन गरेको र सो फोन पूणेवाली सासुले उठाउपछि भयो। यसपछि यो घटनाबारे प्रहरीले अनुसन्धान गर्दा प्रियंकाले तीजनालाई ठगेको खुलेको हो। प्रहरीले यो विषयमा मुद्दा दर्ता गरिएको जनाएको छ। (एजेन्सी)

प्रतिक्रिया दिनुहोस