घट्यो सुनको मूल्य, कति छ आजको भाउ ? थाहा पाउनु होस।।

लगातार उकालो लागिरहेको सुनको मुल्यमा आइतबार ब्रेक लागेको छ ।

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ९ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य १ लाख २ हजार एक सय निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने आज बढेको छ । चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको १४ सय १० रुपैयाँ पुगेको छ ।

लकडाउन खुलेयता प्रत्येक दिन बढेको सुनको मुल्यमा आज पहिलोचोटी ब्रेक लागेको हो । सुन चाँदी व्यवसायीहरुले भने सुनको मुल्य तोलामा १ लाख ३० हजार सम्म पुग्ने अनुमान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस