साङ्ग्ला, जुम्रा, मुसा भगाउन देखि सर्प को बिष मार्न सम्म अत्यन्तै उपयोगी तेजपत्ता जान्नुहोस्

तेजपत्ता पनि घरेलु औषधीले भरिपुर्ण गुण भएको पात हो । यसले माछा, मासुका परिकार स्वादिलो बनाउनको लागि प्रयोगमा ल्याइन्छ । तर यसको औषधीय गुणको बारेमा भने धेरैलाई थाहा नहुन सक्छ । यसले स्वादको मात्र काम नगरेर अचुक औषधीको काम गर्छ ।

यस्तै धेरै फाइदाहरु छन् जुन तेजपातको प्रयोगले प्राप्त गर्न सकिन्छ । यहाँ हामीले त्यस्तै जानकारीहरु संकलन गरेका छौँ । कृपया पढ्नुहोला ।

तेजपत्ताका फाइदा यस्ता छन्

१. सर्पको विष झार्छ

सर्पले टोक्ने वित्तिकैको आलो घाउलाई निको पार्न तेजपत्ताले औषधिको काम गर्छ । विषालु किराले टोकेर बनेको घाउमा तेजपत्ताको रस प्रयोग गर्दा घाउ ठिक हुन्छ । सर्पले टोकेको ठाउँमा तेजपत्ताको रस लगाउँदा विष झर्छ, भनिन्छ तर तेजपत्ताकै भरमा नपरी प्राथमिक उपचारका लागि सर्पले टोकेको ठाउँमा यसको प्रयोग गर्दा फाइदाकारी हुन्छ । तेजपत्ताको तेलमा ‘एन्टी फंगल’तथा‘एन्टी ब्याक्टेरियल’गुण हुन्छ, जसले छालाको इनफेक्सनबाट समेत बचाउँछ ।

२. जुम्रा मार्न

टाउकोमा जुम्रा परेर दिक्क हुनेलाई तेजपत्ता वरदान बन्न सक्छ । पानीमा तेजपत्ता राखेर धेरै बेर उमाल्ने । यसरी उमालेको मनतातो पानीलाई कपालको जरामा लगाउने । तीन–चार घन्टा राखेपछि पानीले टाउको पखाल्ने गरेमा जुम्राको समस्या हट्छ । साथै कपाल निकै चमकदारसमेत बन्छ ।

३. निद्रा राम्रो लाग्छ

यदि तपाईलाई रातमा निद्रा लाग्दैन भने सुत्नुअघि तेजपत्ता उमालेको पानी पिउँदा रातभर निद्रा राम्रो लाग्छ ।

४. नाकबाट रगत बग्न रोक्छ

गर्मी मौसममा कतिलाई नाकबाट रगत निस्किने समस्या हुन्छ । दुई–तीनवटा तेजपत्तालाई पानीमा राम्रोसँग धेरै बेर उमाल्ने र चिसो बनाएर पिउनाले नाकबाट रगत बग्न बन्द हुन्छ ।

५. रुघा–खोकी ठीक पार्छ

रुघा–खोकीसहित अन्य कैयौँ प्रकारका इनफेक्सनबाट छुटकारा पाउन तेजपत्ताले भरपूर मद्दत दिन्छ । दुई–तीनवटा तेजपत्ता पानीमा १० मिनेटसम्म उमाल्ने र त्यस पानीमा कटनको कपडा भिजाएर निचोरेपछि तालुमा राख्ने । यसो गर्दा रुघा–खोकी र अन्य श्वासका बिरामीलाई आराम मिल्छ ।

६. मस्तिष्कको क्षमता बृद्धि गर्न

दालचिनीको प्रयोगले सिक्ने खुबीको विकास भएको पत्ता लगाएका छन् । ‘कमजोर क्षमता भएकालाई क्षमतावानमा परिणत गर्न यो नै सबैभन्दा सुरक्षित एवं सजिलो माध्यम हुनेछ’रस विश्वविद्यालयका प्रोफेसर तथा मुख्य अनुसन्धानकर्ता कालीपदा पहलले भने । उनले कोही व्यक्ति जन्मजातै क्षमतावान हुने, कोही प्रयास गरेर क्षमतावान् बन्ने तथा कोहीमा अनवरत प्रयासका बाबजुद नयाँ कुरा सिक्नमा कठिनाई हुने गरेको बताए

यहाँ तपाईहरूलाई हामीले थप सम्बन्धित जानकारी पस्केका छाैँ ।

यस्ता छन् साङ्लाको कारण लग्न सक्ने रोग

साङ्ला देख्दा हामीलाई घिन लाग्छ कतिलाई त डर पनि लाग्छ । गर्मी बिस्तारै बढ्दैछ । गर्मी बढेसँगै लामखुट्टे, झिँगा र साङ्ला (कक्रोज)ले दुख दिन्छ । साङ्ला न मारेर सकिन्छ, न धपाएर । यसले घरको विद्युतिय यन्त्रलाई, फोहोर फैलाउँछ साथै खानेकुरालाई दुषित बनाइदिन्छ ।

साङ्लाजन्य फोहोरबाट खानेकुरा बचाउन गाह्रो हुन्छ । यस्तो खाना सेवन गर्दा पेटसम्बन्धि समस्या हुन्छ । त्यसैले गर्मी याममा साङ्लाको संक्रमणबाट बच्न विशेष सर्तकता अपनाउनुपर्छ ।

घरको कुनाकाप्चामा साङ्ला नै साङ्ला भेटिन्छ । बेडरुम, भान्सा जताजतै साङ्ला हुन्छ । यस्ता साङ्लाले खानेकुरा दुषित बनाउँछ । त्यस्तो खानेकुरा सेवन गर्दा हामीलाई पेटको समस्या हुन्छ । वान्ता वा पखला लाग्न सक्छ ।

साङ्लाको कारण लाग्नसक्छ यस्ता रोग

१.ब्याक्टेरियाको कारण संक्रमण

साङ्लाको पेटको जिवाणु खानामा पर्छ । यसले पाचन क्रियामा समस्या उत्पन्न गर्छ । एक अध्ययन अनुसार, जीवाणु सूडोमोनाज ऐरुगिनोसा साङ्लाको पेटमा हुन्छ । यो यूरिन ट्रेक्ट इन्फेक्सन, पाचन सम्बन्धी समस्या र सेप्सिसको कारण बन्छ ।

प्रतिक्रिया दिनुहोस