बुर्का भेषकी युवतीलाई प्रहरीले समातेपछि खुलेको सबै चकित हुने सत्य

काठमाडौं। भारतको उत्तर प्रदेशको राजधानी लखनउमा एक अनौठो घटना देखियो । एक युवक जहिलै बुर्का लगाएर केटीको भेषमा देखिए । उनीको चालढाल शंकास्पद देखिएपछि निगरानी बढाईयो । यो सत्य पछि खुल्यो की उनी आफ्नी प्रेमिकासँग भेट्नको लागि बुर्का लगाएर महिलाको हुलिया बनाए र प्रेमिकासँग भेट्न निस्किने गर्दा रहेछन् । तर ती युवकको प्रेमिकासँग भेट्ने इच्छा पूरा भएन किनकि बीचमा प्रहरी आएर उनको प्रेमको रफ्तारमा ब्रेक लगाइदियो ।

खासमा संदिग्ध गतिविधिको शंकामा पुलिले एक यस्ता युवकलाई समात्यो जो बुर्का लगाएर हिँडेका थिए । पुलिसले जब यसको कारण सोध्यो युवकले आफ्नो पूरै प्रेम कहानी पुलिसको अगाडि बयान गरिदिए । युवकका अनुसार उनले आफ्नी प्रेमिकाका परिवारले उनलाई नचिनुन् भन्नका लागि उनले बुर्का लगाएका थिए ।

युवकले बुर्का लगाएको देखेर त्यहाँ आवतजावत गर्ने मानिसहरुको भीड जम्मा भयो र उनीहरु युवकको फोटो खिच्न थाले । पुलिसले घटनास्थलमै युवकका परिवारलाई बोलाएर फेरि यस्तो नगर्न भन्दै परिवारको जिम्मा लगाएको छ ।

प्रतिक्रिया दिनुहोस