युवतीको आँखामा ४ वटा जिवितै मौरी देखेपछि डाक्टर चकित, यसरी निकाल्न सफल भए

काठमाडौं – कहिलेकाही हामिले नसोचेको घटना हुने गर्छ । हामिमा केही समस्या भएपनि कहिलेकाही केही समयपछि मात्र थाहा पाउने गर्छौ । यस्तै ताइवानमा पनि एक युवतीले अनौठो समस्या भोग्नु परेको छ ।

ताइवानकी २८ वर्षीया युवतीमा एक्कासी समस्या आयो । आखाँमा असजिलो भएपछि मिस हिको नामकी ती युवती जँचाउन अस्पताल पुगिन् । उनको आँखा डाक्टरले चेक गर्दा चकित नै परे ।

किनकी उनको आँखामा डाक्टरले ४ वटा मौरी फेला पारे । त्यति मात्र होइन ती मौरी जिवित नै थिए । चीनमा हुने क्विंग मिङ्ग तम्ब स्विपिंग फेस्टिबलका लागि गएकी युवतीको आँखामा एक्कासी धुलो पस्यो । धुलो परेपछि उनको आँखा सुन्निन थाल्यो । त्यसपछि उनी फुयिन युनिभर्सिटी अस्पताल पुगिन् ।

उनको आँखा अप्थोमोलोजी डिपार्टमेन्टका प्रमुख डा। हुङ चितिङले हेरे । युवतीको आँखामा माइक्रोस्कोपले हेर्दा उनले ४ वटा जीवित मौरी देखे । उनले फोर्कोस्कोपको सहायताले पालैपालो मौरीहरु निकाले ।

डाक्टरले हावा आउदा उडेर आँखामा पसेको र उनको आशु पिएको बताए । उनले मौरीहरुले पसिना खान निकै मनपराउने पनि बताए ।

युवतीले आँखामा कन्ट्याक्ट लेन्स लगाएकी थिइन् । जसका कारण उनले आँखा मिचिनन् । र मौरीहरूले निकालेको विष आँखामा पर्न पाएन । डाक्टरले भने । आँखामा मौरी फ्ेला परेको घटना पहिलो रहेको डाक्टरले बताए ।

प्रतिक्रिया दिनुहोस