मानव बलि दिए कोरोनाको महामारीबाट मुक्त भईन्छ भन्ने सपनामा दर्शन पाएँ त्यसैले दिएँः पुजारी ओझा

एजेन्सी । भातर ओडिसाको कटक जिल्लामा पर्ने नरसिंहपुर स्थित एक मन्दिरमा मानिसको बलि चढाईएको छ । शनिबार त्याहाँका पुजारीले मन्दिरको देवीलाई मानिसको बलि चढाएका हुन् । उनले कोरोना भायरसको महामारीबाट मुक्त हुनकोलागी मानिसको बलि चढाएको भन्ने समाचार यतिबला भारतीय विभिन्न मिडियाहरुमा प्रकाशित भएका छन् ।

नरसिंहपुर बंधहुडा गाउँमा ब्राहमणी देवीको मन्दिर रहेको छ । बुधबार राती उक्त मन्दिर परिसरमा बलि चढाईएका व्यक्तिको लास फेला परेको त्याहाँका स्थानिय पुलिसले बताएका छन् । स्थानिय पुलिसका अनुसार बलि हुने व्यक्तिको ना सरोज कुमार प्रधान रहेको छ । पुजारीको भनाई अनुसार त्यस दिन मन्दिरमा बलिको विषयलाई लिएर मृतक प्रधानर र पुजारी संसारी ओझाबीच बहस भएको थियो ।

त्यसरी बहस हुने क्रममा हालात विषय भन्दा पर गएपछि पुजारी ओझाले मृतक प्रधानको टाउको काटिदिएका रहेछन् । पुलिसलाई दिएको बयानमा आरोपीले भनेका छन्, ‘मलाई सपनामा देवीले मानिसको बलि चढा अनिमात्रै विश्वबाटै कोरोनाको महामारी टलिजाने भनेर दर्शन दिएको हुनाले मैले देवीलाई बलि चढाएको हुँ ।’

त्याहाँका डिआईजि आशिष कुमार सिंहका अनुसार घटनापछि पुजारी ओझाले आफुले गरेको अपराध स्वीकारेका छन् । भारतीय पुलिसका अनुसार हत्या गर्नकोलागी प्रयोग गरिएको हतियार कब्जा गरिएको छ । भने मृतकको शरिरलाई पोष्टमार्टमकोलागी अस्पताल लगिएको छ । यस घटनाको विषयलाई लिएर त्याहाँका स्थानियहरुले दोषिलाई कडा भन्दा कडा कार्वाही गरिनु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस