बहुचर्चित नायिका मनिषा कोइरालाको आज जन्मदिन, बिहानैदेखि शुभकामनाको ओइरो

काठमाडौं । बलिउडमा अभिनयका माध्यमबाट नाम र दाम दुवै कमाउन सफल सुन्दरी हुन् मनिषा कोइराला । उनै मनिषाको आज जन्मदिन हो ।

१९७० अगस्ट १६ मा काठमाडौंमा जन्मिएकी मनिषा आज आफ्नो ४९ औं वर्षमा लागेकी छिन् । जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामनाको ओइरो नै लागेको छ । नेपालको राजनीतिक घरानामा जन्मिएकी मनिषाको डाक्टर बन्ने सपना भएता पनि उनी कलाकारितामा जम्दै गएपछि दुनियाकै चर्चित चिकित्सकले पाउने उचाई भने उनले कलाकारिताबाट नै पाएकी छिन् ।

सन् १९८९ मा नेपाली चलचित्र ुफेरी भेटौँलाु बाट अभिनयमा डेब्यू गरेकी उनले ब्यबसायी सम्राट दाहालसँग विबाह गरेता पनि छोटो समयमा नै उनीहरु छुट्टिए । हाल एकल जीवन बिताइरहेकी मनिषाले क्यान्सलाई समेत जितेर पुर्नजीवन जिइरहेकी मनिषाले हिन्दी चलचित्र ‘सौदागर’ मा कामक गरेपछि कहिल्यै पछि फर्केर हेर्नु परेन ।

प्रतिक्रिया दिनुहोस