श्रीमतीसँग पिताको अवै’ध स’म्बन्ध देखेपछि छोराले पहिले श्रा’द्ध गरे त्यसपछि पिताको ह’त्या गरे

काठमाडौं। आफ्नी श्रीमती र आफ्नै पिताको अवैध सम्बन्ध देखेपछि एक छोराले पितालाई मरिसकेको माने । उनले पहिले पिताको विधिपूर्वक श्राद्ध गरे त्यसपछि पिताको हत्या गरे । उनले पिता र श्रीमतीले अवैध सम्बन्ध राख्दै गरेको देखेपछि भोलिपल्ट कपाल मुण्डन गरेर श्राद्ध गरेर पितालाई तर्पण दिए र त्यसै दिन राती पिताको हत्या गरेको टाइम्स अफ इण्डियाले लेखेको छ । घटना राजस्थानको अलवर जिल्लाको हो ।

६० वर्षका रामसिंह यादवको हत्याको घटनामा पुलिसले ४ घण्टामा आरोपी छोरालाई पक्राउ गरेको छ । ३२ वर्षका छोरा प्रदीप यादवले नै पिताको हत्या गरेको खुलेको छ । पक्राउ परेका प्रदीपले पिताको हत्या गरेर कुनै पश्चात्ताप नभएको बताएका छन् । आरोपी छोराले मंगलबार बेलुकी नै पिताको हत्या गर्ने योजना बनाएका थिए । बेलुकी केही नभनी घरबाट हिँडेका प्रदीपले राती घरको छतमा आएर बिजुलीको खम्बामा प्रयोग हुने डिस्कले हानेर पिताको हत्या गरेका थिए । बिहान शव भेटिएको खबर पाएपछि आएको पुलिसले सोधपुछको क्रममा पिता र पत्नीको अवैध सम्बन्धका कारण प्रदीपको बेलाबेला झगडा हुने गरेको थाहा पाएपछि प्रदीपलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस