एसईई नतिजा सार्वजनिक

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा वोर्डका अनुसार यसवर्ष ४ लाख ८२ हजार ९ सय ८६ परीक्षार्थी रहेकोमा ४ लाख ७२ हजार ७८ जना विद्यार्थीको नतिजा आएको छ ।

झण्डै १० हजार विद्यार्थी भने अयोग्य भएको परीक्षा वोर्डले जानकारी दिएको छ ।

बोर्डले नतिजा सम्बन्धी सबै काम साता दिन अघि सकेको थियो। तर कोरोनाको संक्रमण फैलने भन्दै सार्वजनिक गरेको थिएन। कोरोनाको कारण बोर्डले यो पटक विद्यालयलाई विद्यार्थीको मुल्यांकन गरेर नतिजा पठाउन निर्देशन दिएको थियो।

परीक्षा दिन ४ लाख ८० हजारले फाराम भरेका थिए। विद्यालयले पठाएको नतिजा रुजु गरेर सार्वजनिक गर्न लागिएको हो।

परीक्षाफल प्रकाशित भएपनि भदौ १५ गतेसम्म कुनै पनि कलेजमा विद्यार्थी भर्ना गर्न पाइनेछैन । सरकारको निर्देशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्नेछ ।

त्यस्तै त्रुटी सच्याउन विद्यार्थीलाई पनिका आउनुपर्ने व्यवस्था समेत हटाइएको छ । विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटी सच्याएर विद्यालयमा पुर्‍याउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस