विद्युत प्राधिकरण हालसम्मकै उच्च ११ अर्ब पाँच करोड नाफामा

काठमाडौं : नेपाल विद्युत् प्राधिकरण आज देखि स्थापनाको ३४ वर्ष पूरा गरी ३५ वर्षमा प्रवेश गरेको छ । विगतमा घाटामा रहेको प्राधिकरण आर्थिक वर्ष २०७३/०७४ देखि नाफामा सञ्चालित छ । आर्थिक वर्ष २०७६/०७७ मा प्राधिकरणले हालसम्मकै उच्च नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षमा प्राधिकरणले ११ अर्ब पाँच करोड रुपैयाँ नाफा आर्जन गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा प्राधिकरणले नौ अर्ब ८१ करोड नाफा कमाएको थियो । प्राधिकरणले सन् २०२३ सम्ममा सम्पूर्ण नेपालीको घरधुरीमा विद्युत् पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेको छ। विद्युत चुहावट पनि केही घटेर १५.२७ प्रतिशतमा सीमित भएको छ । बार्षिकोत्सवको अवसरमा शुभकामना दिदै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले स्वदेशी विद्युत् उत्पादन वृद्धि, माग र आपूर्ति व्यवस्थापन तथा व्यापारिक चुहावट न्यूनीकरणमा लाग्न निर्देशन दिएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले अहिलेसम्म प्राप्त गरेका उपलब्धी सुरुवात मात्र भएको र यसको जगमा टेकेर अघि बढ्दै समृद्धिका लागि सरकारले लिएको मार्गमा सहयोगी र भरपर्दो माध्यम बन्ने प्रतिबद्धता जनाएका छन् । प्राधिक रणले आगामी वर्षमा चुहावट घटाउने–खपत बढाउने, उत्पादन बढाउने–महसुल घटाउने, आयात घटाउने–निर्यात बढाउने प्रतिबद्धता जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस