बार्सिलोनाले स्वारेज, ग्रिजमेनसहित ६ खेलाडी बेच्ने, क्लवले ठूलै निर्णय नगरे मेस्सी पनि हट्ने !

एजेन्सी, ०२ साउन । च्याम्पियन्स लिगको क्वाटर फाइनलमा बायर्न म्युनिखसँग ठूलो गोल अन्तरले पराजित भएको बार्सिलोनामा खेलाडी किनबेचको चर्चा चलेको छ । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले बार्सिलोनालाई शुक्रबार भएको खेलमा ८-२ ले पराजित गर्यो ।

पराजित भएसँगै बार्सिलोनाका प्रशिक्षक किके सेटिन बर्सास्तमा परिसकेका छन् । यसका साथै बार्सिलोनाले आफ्नो टोलीमा व्यापक परिवर्तन गर्ने उदेश्याले केही खेलाडी बेच्ने चर्चा चलेकाे छ । यद्यपि बार्सिलोना छाड्ने चर्चामा रहेका टिमका क्याप्टेनसहित ५ खेलाडीप्रति भने बार्सिलोना नरम बनेको छ ।

बार्सिलोनाले लुइस स्वारेज, जोर्डी अल्बा, सामुइल उम्टिटी, इभान राकिटिक, एन्टोनियो ग्रिजमेन र ओसमाने डेम्बेले जस्ता चलेका खेलाडी बिक्रि गर्ने मनस्थितीमा पुगेको स्पेनको एक पत्रिकामा उल्लेख छ ।
खबर अनुसार स्वारेजलाई बेचेर उस्को स्थानमा बार्सिलोनाले इन्टर मिलानका लाउटारो मार्टिनेज ल्याउने मनस्थितीमा छ । त्यस्तै अल्भासँग बार्सिलोनाको सम्झौता २०२४ सम्म भएपनि उसलाई बिक्री गर्ने योजनामा क्लव रहेको छ ।

इभान राकिटिकलाई भने उनकै पूर्व टोली सेभिल्लाले किन्न चाही रहेको छ । डेम्बेले भने चोटका कारण खेलमा उत्रिन सकिरहेका छ्रनन् । उनलाई पनि क्लवले बेच्न चाही रहेको छ । उम्टिटीको प्रदर्शनभन्दा उनको खराब व्यवहारका कारण क्लवले उनलाई बेच्न चाहेको पत्रिकामा उल्लेख छ । टिमका क्यापटेन लियाेनल मेस्सी पनि आफ्नो टिमप्रति सन्तुष्ट छैनन् । उनी पनि क्लवले ठूलै निर्णय नगरे क्लव छाड्ने पक्षमा छन् ।

 

प्रतिक्रिया दिनुहोस