राष्ट्रिय झण्डा जलाएउँदै बनाएको म्युजिक भिडियो युट्युवमा आएपछि तत्काल पक्राउ गरेर कारवाही गर्न माग

काठमाडौ । सामाजिक सञ्जाल अहिले सबैको पहुचमा छ । त्यहाँ राखिएका हरेक कुरा एकै छिनमा भाइरल हुन्छन् । पछिल्लो समय सामाजिक सञ्जालमा विकृत मानसिकता पनि प्रस्तुत हुन थालेको छ । अति विरोध गर्ने प्रवित्ती सामाजिक सञ्जालमा देखिएको छ । अहिले एउटा भिडियो भाइरल भइरहेको छ । जसमा नेपालको राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने काम गरिएको छ ।

भिडियोमा राष्ट्रियता विरुद्धका शब्द राखेर गीत सार्वजनिक गरिएको छ । नेपालको झण्डा जलाइएको देखिन्छ । त्यो गीत सार्वजनिक भए लगत्तै अहिले विरोध सुरु भएको छ । गीतमा राखिएका शब्द राष्ट्रियता विरुद्ध छन् । गतिविधि पनि त्यस्तै देख्न्छ । बाहुन क्षेत्रलाई गा’ली गरिएको र राष्ट्रिय झण्डा समेत जलाइएको यो दृष्यले सामाजिक सद्भाग र राष्ट्रियता विरुद्धको भाव ओकलेको छ । यो गीतलाई प्रतिबन्धित गरी यसमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताले माग गरेका छन् ।

‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भए लगत्तै भाइरल भएको हो । गीतमा राखिएका शब्द समाचारमा प्रयोग गर्न र राख्न समेत नमिल्ने खालमा छन् । र्‍याप जनरामा गाइएको गीतको लिरिक्स र्‍यापरका रुपमा मंगोल ग्याल्ज ली एन्ड एटीएम उल्लेख छ । युवक र युवतीहरु भिडियोमा देखिन्छन् ।

युट्युवमा हालेलगत्तै भिडियो भाइरल भएको छ । निकै कडा आलोचना भएको छ । तत्काल पक्राउ गरी कारवाही गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताले माग राखेका छन् । सबैले यस गीतमाथि तत्काल एक्सन लिन प्रहरीलाई आग्रह गरेका छन् ।

मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको भिडियोमा देख्न सकिन्छ । राप्रपा सांसद राजेन्द्र लिङदेनले ट्विटरमा लेखेका छन्, ‘जातीय घृणा फैलाउने र राष्ट्रिय झण्डा जलाउने कार्य कुनै पनि अर्थमा र कदापि स्वीकार्य हुँदैन । यसप्रकारको विष वृक्ष उमार्ने र मलजल गर्ने काम कसैले नगरौं ।’

प्रतिक्रिया दिनुहोस