सुर्यले राशि परिवर्तन गरेर सिंह राशीमा प्रवेश, यी ५ राशि हुदैछन् मालामाल

भाद्र महिनाको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

भदाै महिनामा कुनै कारणवश रोकिएको कामले पनि गति लिनेछ । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । काम गर्दा आकस्मिक समस्या आइ लागे पनि समस्याको हल समेत निस्कनेछ । मित्रहरूबाट सहयोग जुट्नेछ । महिनाको उत्तरार्धबाट योजना कार्यान्वयन ढिलाइ गर्नाले आफैं पछि परिनेछ । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग खैरो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

यो महिनामा तपाईंको राशिबाट पाँचाै भावमा सूर्यले भ्रमण गर्दा संघर्षपूर्वक परिणाममुखी कार्य सम्पन्न गर्न ढिला हुनेछ । छोटो छोटो लाभदायक यात्रापनि रहला । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । महिनाको उत्तरार्धबाट कार्य क्षेत्र वा समाजमा कुरा काट्नेको सङ्ख्या बढेपनि दाजुभाइ र साथीले राम्रो सहयोग गर्नेछन् । भ्रमण खानपान तथा शृङ्गारमा धन खर्च हुनेछ ।यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग हल्का पहेंलो वा रातो । कुनै शुभकर्म गर्नु पूर्व महामृ-त्युञ्जय भगवानको ध्यान गरी आरम्भ गर्दा लाभ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

रोजगारिका अवसर सिर्जना गरि धन सम्पति कमाउँन सकिनेछ । सेयर कारोबारबाट फाइदा हुनुका साथै छोटो र रमाईलो यात्रापनि हुनेछ । महिनामा छरछिमेकमा सम्पन्न हुने धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । प्रेमका कोपिलाहरू फक्रियर जानेछन् । ठीक समयमा सही निर्णय लिन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ सफलता प्राप्त हाेला । यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग नीलो वा सेतो । शुभकर्म गर्नु पूर्व महाकालीजीको ध्यान गरी आरम्भ गर्दा शुभ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

समाजको ध्यान आफुतिर आकर्षित गर्न सकिने खाल्काे समय छ । व्यत्तित्वकाे प्रभाव वढेर जानेछ । घर ,जग्गा खरिद तथा बिक्रिको योग छ ।धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।दाम्पत्य जीवन तथा प्रेमी,प्रेमीका सँगकाे सम्वन्धमा सुमधुरता छाउने छ । यो महिनाको लागि शुभ अङ्क २,७ शुभ रङ्ग हरियॊ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको आरधना गरी शुभ हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । समान हराउन सक्नेछ भने कसैकसैको प्रेम सम्बन्धमा चिसोपनपनि आउनसक्छ । अचल सम्पत्ती हातपर्ने छ । समान हराउन सक्नेछ भने कसैकसैको प्रेम सम्बन्धमा चिसोपनपनि आउनसक्छ । शैक्षिक, सामाजिक तथा न्यायिक क्षेत्रमा लाग्ने अवसर तथा सफलता प्राप्तहाेला । यो महिनाको लागि शुभ अङ्क ३,१ शुभ रङ्ग सेताे । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको पूजा अर्चना गरेर गर्नुहाेला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

सिंह राशिका लागि यो महिनामा धन प्राप्तिका निम्ति पेसा व्यवसायकाे स्थान परिवर्तन हुन सक्छ ।आर्थिक पक्ष कमजोर हुनेछ । महिनाको मध्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । महिनाको अन्त्यमा मांगलिक कार्यमा उपस्थिति भइनेछ । चाेट पटककाे सम्भावना देखिन्छ सतर्क रहनु हाेला । यो महिनाको लागि शुभ अङ्क ९,१ शुभ रङ्ग कालाे । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शनगरी गर्दा राम्राे हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

धर्म,कर्ममा रुची बढ्ने र शुभकार्यको चर्चापनि चल्नेछ । खर्च बढेपनि आम्दानी भन्दा बढी खर्च हुनेछैन । झैझ-गडा र मु-द्दामामि-लाबाट टाढिनु नै जाति हुन्छ । यो महिनामा सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नयाँ ठाउँमा रमाईला यात्राहरू हनेछन् । यो महिनाको लागि शुभ अङ्क ५,८ शुभ रङ्ग हरियाे ।कुनै शुभकर्म गर्नु अघि दुर्गाजीको आरधना गरि जादा सफलता मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

तुला राशिका लागि मनमा शान्ति छाउने छ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको वाटाे खोलिनेछ । अचल सम्पत्ती हातपर्ने योग छ । अभिभावकको सुझावले तपाइकाे प्रगति गराउने छ । दाम्पत्य जीवनमा मन मुटाप कम भएर जानेछ । २३ गते वाट भने तपाइकाे काममा अवराेध हुनेछ सतर्क रहनु हाेला । यो महिनाको लागि शुभ अङ्क ८ तथा सेताे रम्राे हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरी जादा लाभ हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

भदाै महिनामा बुद्धिको प्रयाेगले गर्दा तपाइकाे महत्वपूर्ण काम वन्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । बाहिरी खानपान तथा मनोरञ्जनमा ख्याल गर्नुपर्नेछ अन्यथा स्वास्थ्यमा समस्या हुन सक्छ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क १ तथा पहेलाे शुभ हुनेछ । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरी जादा सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खा,गि )

यो महिनामा तपाईंको राशिबाट आठौ भावमा सूर्यले भ्रमण गर्नाले कार्यक्षेत्रमा झिनामसिना व्यवधान आइलाग्न सक्छ । सामान्य स्वाथ्यमा समस्या हुने देखिन्छ । १८ गतेबाट नयाँ वस्त्र, तथा मनाेरञ्जनमा जान पाइने छ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ ।धार्मिक यात्राको योगपनि छ ।यो महिनाको लागि शुभ अङ्क ५,२ तथा शुभ रङ्ग सेताे राम्राे हुनेछ । कुनै शुभकर्म गर्नु सूर्य भगवानको ध्यान गरी कार्य गर्दा लाभ मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

कुम्भ राशिका लागि यो महिना मिश्रित रहेको छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हा-नि हुनसक्छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । महिनाकाे अन्तयमा व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ । बाेलीकाे प्रभावले महत्वपूर्ण काम वन्ने छ । यो महिनाको लागि शुभ अङ्क ५,४ र शुभ रङ्ग खैरो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी जाँदा लाभ प्राप्त हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

कुम्भ राशिका लागि यो महिना मिश्रित रहेको छ ।याँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ । छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ । अचानक धन प्राप्त हुनेछ । घर परिवारमा कुनै सदस्यकाे स्वाथ्यमा समस्या पर्ने छ । यो महिनाको लागि शुभ अङ्क ८,४ शुभ रङ्ग निलाे । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी जादा लाभ प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस