सन्दीपले आजदेखि सिपिएल खेल्दै

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सिपिएल) बुधवारदेखि शुरु भैसकेको छ । ट्रिनिडाड एण्ड टोबागोमा बुधवार राति ७ः४५ बजेदेखि सिपिएल शुरु भएको हो ।

सन्दीपले भने प्रतियोगितामा आफ्नो पहिलो खेल आज (बुधबार) राति ७ः४५ बजे खेल्नेछन । सन्दीप सम्मिलित जमैका तल्लाहवाजले पहिलो खेल सेन्ट लुसियासित खेल्दैछ । सिपिएल खेल्न आफू निकै उत्साहित भएको सन्दीपको भनाइ छ । सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उनले कोरोना महामारीका कारण लामो समयपछि क्रिकेट खेल्न पाउँदा खुशी लागेको बताए ।

सन्दीप सिपिएल खेल्न गत साउन १५ गते ट्रिनिडाड एन्ड टोबागो गएका हुन । नियमित उडान बन्द गरिएको अवस्थामा उनी कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो गएका थिए । यसबीच सन्दीपले दुई पटक पिसिआर परीक्षण पनि गराएका थिए । नेपाल र टोबागोमा गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । उक्त रिपोर्टसँगै सन्दीपले सिपिएल खेल्ने बाटो खुला भएको हो ।

प्रतिक्रिया दिनुहोस