ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको पहिलो दिन सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९८ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

बुधबार सुन एक लाख चार सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९८ हजार तीन सय कायम भएको छ । तेजाबी सुन तोलामा १६ सय रुपैयाँ नै घटेको छ ।

यस्तै, चाँदी बिहीबार तोलामा पाँच रुपैयाँ घटेको छ । बुधबार १३ सय ६५ रुपैयाँमा कारोबार भएकोमा बिहीबार १३ सय ६० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस