महानगरवासीलाई घरमै तीज मनाउन आदेश दिएर मेयर रेणु दाहाल माइती आइन्

काठमाडौं ।  चितवनको भरतपुर महानगरपालिकामा मेयर रेणु दाहाल तीज मनाउन माइत आइपुगेकी छन् । उनी नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।

कोरोनाभाइरसको महामारीका कारण यस वर्षको तीज माइत नगई घरमै मनाउन भौतिक दुरी कायम गरी, मास्क र स्यानिटाइजरको प्रयोग गरेर मनाउन आग्रह गरेकी मेयर रेणु भने आफैं माइत आएकी छन् ।

माइत आएर भौतिक दूरी कायम नगरी बसेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै मेयर रेणुले लेखेकी छन्, ‘तीज विशेष छोरीको साथ ।’

चितवनमा कोरोनाभाइरसको सङ्क्रमण बढेसँगै गत साउन ३० गते रातिदेखि लागू हुने भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरेकी मेयर रेणु भने तीन मनाउन ललितपुरको खुमलटारस्थित माइत आइपुगेकी हुन् ।

भदौ २ गते उनले जारी गरेको विज्ञप्ति भनिएको छ, ‘आ–आफ्नै घरमा बसेर मास्क, स्यानिटाइजरको प्रयोग  र भौतिक दुरी कायम गरी सुरक्षित रुपमा यसपटकको तीज पर्व मनाउनुहुन विनम्र अनुरोध गर्दछु।’

प्रतिक्रिया दिनुहोस