आमाको दुबै मृगौला फेल, छोरालाई ब्रेन ट्युमर, दुई नातिनीमा पनि रोग

दाङ, ४ भदौ । धन कमाउने आशमा ऋण काँडेर गत बर्षको साउनमा कतार गएका दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ हरिपौराका गोवर्धन वली काम सुरु गरेको कम्पनीमा काम गर्दागर्दै एकाएक बेहोस भए । साथीभाईको सहयोगमा अस्पताल पुर्याइएका वलीलाई ब्रेन ट्युमर भएको चिकित्सकले बताए । तत्कालै उनको अप्रेसन पनि गरियो ।

अपरेसन खर्च कम्पनीले व्यहोरेता पनि उनलाई काम गर्न नदिएर कम्पनीले तत्काल नेपाल फिर्ता पठायो । नेपाल आइसके पछि पुनः चेकअप गर्दा आफूलाई क्यान्सर भएको ओलीले थाहा पाए । गोवर्धन मात्र नभइ उनको परिवारमा चारैतर्फबाट बज्रपात परेको छ । यसअघि लगातार बिरामी परेपछि १३ वर्षकी जेठी छोरी गरिमाको अप्रेसन गरेर पित्तथैली र पाचन नली फालिएको छ ।

त्यस्तै १० वर्षकी कान्छी छोरी गरिमाको टाउकोमा जुकाले फुल पारेको छ । आर्थिक अभावका कारण छोरीहरूको उपचार हुन सकिरहेको छैन। त्यसमाथि ७० वर्षीय आमा जयसरी ओलिको दुबै मृ’गौला फे’ल भएको छ । छोरीहरु आमा र आफ्नो उपचारमा सबै सम्पति रित्याएका वलीको बस्ने घरबास बाहेक अरु केही पनि छैन ।

उनलाई तीन तीन महिनामा अस्पताल थेरापी गर्न जानुपर्ने हुन्छ एकपटक थेरापी गरेको एक लाख भन्दा बढी लाग्छ र त्यसमाथि थुप्रै औषधिहरू किन्नपर्ने उनी बताउँछन्। आफ्नो पीडा त थियो छोरा र नातीनीहरूको अवस्था देखेर दिनरात चिन्तामा परेको जयसरीले बताइन। घरको एकमात्र कमाउने छोरा आफै बिरामी परेपछि सबै बिचल्लीमा परेको जसरी को गुनासो छ ।

उनले आफ्नो छोरालाई बचाइ दिन उपचारमा सहयोग गर्न सबैसँग सहयोगको याचना पनि गरेकी छन् । सहयोग गर्न चाहनेले ओलीको मोबाइल नम्बर ९८६६९००३३६ मा सीधै सम्पर्क गरेर अथवा तुल्सिपुर उप महानगर पालिका वडा नम्बर १२ हरिपौरा स्थित घरमा पुगेर पनि सहयोग गर्न अनुरोध गरेकी छिन् । यसैबीच दाङका क्यान्सर पीडित गोवर्धन वलीलाई अष्ट्रेलियामा पढदै गरेका विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रदाङका क्यान्सर पीडित गोवर्धन वलीलाई अष्ट्रेलियाबाट जौरा निवासी राहुल पुनको सक्रियतामा त्यहाँ रहेका विद्यार्थीहरु स्वस्तिका भण्डारी, बिबेक श्रेष्ठ नवराज श्रेष्ठ, कविन श्रेष्ठ, प्रदिप गौतम, शर्मीला ठकुरी, रन्ज ना श्रेष्ठ, रमेश गौतम लगायतले आफ्नो खाजा खर्च कटाएर पीडित ओलीलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग सहयोग गरेका हुन् । यसैबीच संकलन गरिएको रकम पुनका बुवा राजेश पुनले बिहीबार ब्रेन क्यान्सर पीडित गोवर्धन वलीलाई हस्तान्तरण गरेका छन् । न्युज २४ नेपालबाट साभार

 

प्रतिक्रिया दिनुहोस