दुनियाकै अनौठो गाउँ, जहाँका सबै युवतीहरु कुमारी छन् !

काठमान्डौँ । यो दुनियाँमा यस्तो गाउँ पनि छ, जहाँ केटीहरुलाई कुनै केटा पाउन मुस्किल छ र बिहे नगरीकनै जोवन बितिरहेको छ । जीवन साथी पाउने आशमा युवतीहरुले दिन गुजार्न र पाको उमेरसम्म पनि कुमारी नै बस्न बाध्य छन् उत्त गाउँका युवतीहरु । ब्राजिलको एक गाउँको अवस्था यस्तो छ ।

झण्डै ६ सय महिलाको जनसंख्या रहेको यो गाउँमा ३ सय भन्दा धेरै युवतीहरुको बिहे हुन बाँकी छ र उनीहरुलाई बिहे गर्नका लागि केटा फेला परेका छैनन् । बिहे नगरीकनै बस्न बाध्य ती युवतीहरुको उमेर १८ देखि ३० वर्षसम्मको रहेको जनाइएको छ। जाकारहरुकाअनुसार यो गाउँमा अविवाहित पुरुष भेटाउनु भनेको परालमा सियो खोज्नु जस्तै हो । सोही कारण केही युवतीहरु विवाहित पुरुषसँग बिहे गर्न र सौता बनेर भित्रिन बाध्य छन् ।

यो गाउँ विगत एक सय वर्षदेखि बाहिरी संसारबाट अलग्गै रहेको छ । यहाँका युवतीहरु बिहे गर्न त चाहान्छन् तर गाउँभित्र मात्रै । बिहे गरेर गाउँ बाहिर पठाउने चलन सो गाउँमा छैन ।

गाउँ भन्दा बाहिरको कुनै पनि केटासँग त्यहाँका युवतीले बिहे गर्न चाहँदैनन् र बिहे गरिहालेमा पनि केटाले आफ्नो गाउँ छाडेर सोही गाउँमा भित्रिनुपर्दछ । यो मातृसत्तात्मक गाउँको रुपमा रहेको छ । गाउँमा विवाहित महिलाहरुले समेत आफ्ना लोग्नेलाई गाउँमा बस्न दिएका छैनन् । उनीहरुलाई हप्तामा ५ दिन कामका लागि गाउँ बाहिर पठाइन्छ र सप्ताहन्तमा मात्र घर फर्किन पाउँदछन् । १८ वर्ष कटेका छोराहरु पनि गाउँमा बस्न पाउँदैनन् । सन् १८५१ मा यो मातृसत्तात्मक गाउँको रुपमा स्थापना भएको हो । एजेन्सीको सहयोगमा हाम्रा अन्य समाचार पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस