“लो’ग्ने छोडौँ माया लाग्छ,नछोडौ जिन्दगी”(पूरा हेर्नुहोस)

धन सम्पतीको जोहो गर्न र यसको बचत गर्न अनेकौं प्रयासका बावजुद सफल भइरहनु भएको छैन ? वा तपाईको हातमा पैसा टिक्दैन ? यी अनेकौ समस्या भोगिरहनु भएको छ भने तपाईलाई लक्ष्मीको कृपा भएको छैन भन्ने बुझ्न सकिन्छ ।”

लक्ष्मी प्रसन्न भए वा दाहिना भएमा मानिसलाई कहिल्यै धनसम्पति, रुपैयाँ पैसाको अभाव हुँदैन । यस्तोमा देवि लक्ष्मीलाई प्रसन्न पार्ने केही उपायहरु जानकारी दिँदैछौ, जसले तपाईलाई सहज रुपमा लक्ष्मीको कृपा बर्षन सुरु हुन्छ ।”

१. महिलाको आदर बिभिन्न शास्त्र र मान्यता अनुसार जुन घरमा महिलाको आदर हुँदैन, उक्त घरमा लक्ष्मकिो कृपा हुँदैन । देवी लक्ष्मी ति घरमा मात्र प्रवेश गर्नुहुन्छ, जहाँ महिलाको सम्मान र आदर हुन्छ । तसर्थ घरमा भएका महिला आफन्तहरुलाई हमेशा आदर गर्नुहोस् । उनीहरु रिसाएका छन् भने तत्काल मनाउने वा प्रसन्न पार्ने प्रयाश गर्नुहोस् । अक्सर पति पत्नीबीच हुने मनमुटावका कारण पनि लक्ष्मीको कृपा हुँदैन ।”

२. शुक्रवार ब्रत शुक्रवारलाई भगवान् लक्ष्मीको दिनका रुपमा मानिन्छ । यस दिन लक्ष्मीको पूजाअर्चना वा उपासना गरे लक्ष्मी प्रसन्न हुने र मनोवाञ्छित फल दिने धार्मिक विश्वास छ । शुक्रवारका दिन बिहान सबेरै उठेर नुहाईधुवाई गरी पवित्र मनले माता लक्ष्मीको पूजा गरी श्रद्धापूर्वक प्रसाद वा भोग चढाएमा लक्ष्मीको कृपा बर्षन शुरु हुन्छ ।”

३. वास्तु दोष यदि घरमा कुनै वास्तुदोष छ भने पनि उक्त घरमा लक्ष्मीको कृपा हुँदैन । यस्तोमा वास्तुदोष भएका घरमा आएको धन पनि नासिएर वा खर्च भएर जाने हुन्छ । वास्तुशास्त्रमा घरको दिशा कस्तो हुनुपर्छ भनि मार्गदर्शन गरीएको छ । जसमा घरका कोठा, भान्सा, शौचालय लगायतका कोठा कुन दिशामा हुनुपर्छ जनाइएको हुन्छ । तसर्थ वास्तु नियम पालन गरी घर निर्माण गरेमा वा निर्माण सम्पन्न भएको घरमा पनि वास्तुको पालना गरेमा लक्ष्मी प्रसन्न भई सुख, संपन्नता र ऐश्वर्य प्राप्ती हुन्छ ।”

४. कुंडलीमा शुक्र जो ब्यक्तिको कुण्डलीमा शुक्र ग्रहको स्थिति मजबूत घरमा हुन्छ उनै ब्यक्ति प्रति माता लक्ष्मीको कृपा हुने गर्दछ । ज्योतिषशास्त्रमा शुक्र ग्रहलाई सुख/समृद्धिका रुपमा मानिन्छ । शुक्र ग्रह कमजोर हुने ब्यक्तिलाई घरमा आर्थिक समस्या परीरहने हुन्छ । यदि यस्तो भएमा मयुरको प्वाखँ घरमा राखेमा शुक्र मजबूत हुन जान्छ र लक्ष्मीको कृपा बर्षन थाल्छ ।”

कस्ता व्यक्तिका हातमा फिटिक्कै पैसा टिक्दैन तपाईलाई पत्यार लाग्छ ? मानिसको हातमा भएको कोठीका कारण उसको हातमा कति पैसा रहन्छ र टिक्दैन भन्ने जान्न सकिन्छ । शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् ।”

तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ । यी भागमा कोठी भएका ब्यक्तिको हातमा पैसा अडिन्नः बायाँ गालामा कोठी हुनु खर्चालु हुने लक्षण हो । यस्ता ब्यक्तिको हातमा पैसा परे पनि खर्च भैहाल्छ । बचत गर्न सक्दैनन् । तल्लो ओंठमा कोठी छ भने धनको कमी हुन्छ । तर उपल्लो ओंठमा कोठी भएका ब्यक्ति भने कामुक हुने समन्द्र शास्त्रमा उल्लेख छ । बायाँ हत्केलामा कोठी हुनेहरु पनि खर्चालु हुन्छन् । यिनीहरुबाट पैसा बचत हुनु सम्भव छैन ।”

बायाँ खुट्टामा कोठी हुनु पनि पैसा नटिक्ने संकेत हो । यस्ता ब्यक्तिले पैसा बचाउन नसक्ने शास्त्रमा उल्लेख छ ।चोरी औंलामा कोठी छ भने यस्ता ब्यक्तिले जीवनमा धन अभाव भोग्छन् ।हत्केलामा वृहस्पति पर्वतमा कोठी छ भने यस्ता ब्यक्तिले पनि धन बचाउन सक्दैनन् । यिनीहरुलाई पैसा हात लागेपनि बचत हुँदैन । बायाँ आँखि भौंमा कोठी भएका ब्यक्ति पनि खर्चालु हुन्छन् । उनीहरुले विलासितामा पैसा खर्च गर्ने समुन्द्र शास्त्रमा उल्लेख छ । बायाँ आँखामा कोठी हुनु पनि रोगमा पैसा जाने संकेत हो । यस्ता ब्यक्तिको पैसा उपचारमा बढी खर्च हुन्छ ।”

प्रतिक्रिया दिनुहोस