दुनियाँकै ठूलो ओठ भएकी युवतीः अधिकांसले भन्छन्- मनपर्यो

एन्ड्रिटा इभानोभा विश्वमा सबैभन्दा ठूलो ओठ भएकी महिला हुन् । हालै उनले आफ्नो ओठ ठूलो बनाउनका लागि २०औं पटक श’ल्यक्रियामार्फत ओठमा हाइलुरोनिक एसि’डको झोल हालिन् ।

बुल्गेरियाकी यी युवती रियल लाइफ बार्बी को नामले चिनिन्छिन् । पछिल्लो पटक उनको ओठको श’ल्यक्रिया गत मंगलबार भयो । उनले आफ्नो इन्टाग्राममार्फत् आफ्ना ठूलाठूला ओठका तस्वीरहरु सार्वजनिक गरेकी छिन् ।

उनले इन्स्टाग्राममा आफ्ना ओठका फोटाहरु राख्छिन् । जसमा उनका फलोअरहरुले अनेक खालका प्रतिक्रियाहरु जनाउने गरेका छन् । अधिकांसले उनका ओठहरु मन परेको बताउँछन् ।

३२ हजारभन्दा धेरै इन्स्टाग्राम फलोअर्स भएकी इभानोभाले सन् २०१८ देखि आफ्नो ओठमा एसि’ड झोलको सु’इ हाने’र ओठ बढाउन थालेकी हुन् । उनले अहिलेसम्म ओठको उपचारमै हजारौं डलर रकम खर्च गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस