जनकपुर । जीउ सुन्निएर उभिन सक्ने अवस्था थिएन । थलिएको शरीरलाई आमाबुबाले काँधको सहारा त दिन्थे तर बोझिलो शरीर थाम्नै हम्मे पर्थ्यो । जीउ तलतिर तन्क्याउँदै उनी चिच्याउँथे, ‘आह।।।!’ त्यो चि’च्या’हटले आमाबुबाको आँखा रसाउँथ्यो ।
छ’टप’टी बढेपछि धनुषाको सबैला नगरपालिका–२ का ३२ वर्षीय प्रमोद महतोलाई गत मंगलबार दिउँसो एम्बुलेन्समा जनकपुरस्थित प्रादेशिक अस्पतालमा डायलसिस गराउन ल्याइयो । दायाँतिर बुबा जोगेन्द्र र बायाँतिर आमा रामकुमारीको सहारामा उभिएका प्रमोदले निकैबेर डाक्टरको प्रतीक्षा गरिरहे । तर न कुनै स्वास्थ्यकर्मी आए, न त डाक्टर नै देखिए । ‘डायलसिस गर्न आग्रह गर्दा स्वास्थ्यकर्मीहरू आफ्नो ड्युटी सकिन लागेको भन्दै त’र्किए,’ बिरामीको उपचारमा सहयोग गर्न पुगेका बीपी साहले भने, ‘त्यसपछि अस्पतालका चिकित्सक जामुन सिंहलाई आग्रह गर्यौं । उनले पनि डायलसिस विभाग प्याक रहेको र थपको उपचार हुन नसक्ने बताए ।’ कान्तिपुर दैनिकमा अजित तिवारीले लेखेका छन् ।
डायलसिसका लागि करिब ४ घण्टा अस्पतालको चक्कर का’टि’रहँदा प्रमोद भने आमाबुबाको काँधमै छ’ट’प’टाउन थालिसकेका थिए । जनकपुरस्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। नागेन्द्र यादवसँग बुझ्दा उनले पनि डायलसिस विभागका स्टाफ र चिकित्सकले भनेझैं उपचारका लागि अन्तै लैजान सुझाए । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलसिसका लागि लैजाँदै गर्दा बुधबार दिउँसो सिरहाको गोलबजार पुग्दा छ’ट’प’टीकै क्रममा प्रमोदले अन्तिम श्वास फेरे । उनका बुबाका अनुसार मंगलबार ३ बजे प्रादेशिक अस्पताल पुगेर साँझसम्म डायलसिसका लागि आग्रह गर्दा पनि कसैले वास्ता गरेनन् ।
‘चिनेजानेका नेता, मेयर, ठूलाबडा आफन्त सबैलाई फोनमा गुहारें । सबैतिरबाट फोन आउँदा पनि अस्पतालले डायलसिस गर्न मानेन,’ उनले भने, ‘छोराको पी’डा देखेर मन भ’क्का’निन्थ्यो । म रो’एँ भने उसले हिम्मत हार्ला भनेर धैर्य गर सब ठीक हुन्छ भन्थें । डाक्टरको खुट्टा ढोगेर उपचार गरिदिन आग्रह गर्यौं । तर कसैको मन पग्लेन ।’