एजेन्सी । दुई बहिनी बने एकैदिन ग’र्भवती बनेपछि उनीहरुले बच्चा जन्माउने दिनको प्रतिक्षा सुरु भयो । रोचक र अनौठो त के भयो भने दुवैले एकै दिन बच्चालाई जन्म दिए ।
त्यो पनि जुम्ल्याहा बच्चालाई । घ’टना हो अमेरिकाको ओहियोको । जहाँ दुई अलग अलग आमाबाट जन्मिएका बच्चाहरु खासमा चम्ल्याहा अर्थात् एकसाथ जन्मिने चार जुम्ल्याहा हुन् । अझ रोचक त के छ भने ग’र्भवती भएका दुई दिदी बहिनीका पति भने एउटै हुन् ।
एउटै दम्पत्तिका भ्रुणलाई पछि आधा आधा गरी दुई कोखमा बाँडिएको बिबिसीले जनाएको छ । बिबिसीका अनुसार खासमा एनी जोनसन र उनका पति जबी जोनसनले विवाहको लामो समयसम्म पनि बच्चा नजन्मिँदा दुःखी थिए । उनीहरुले ग’र्भ राख्नका लागि कैयन् कोसिस गर्दा पनि सकिरहेका थिएनन्। आफ्ना बहिनी ज्वाइँलाई निकै दुखी देख्दा एनीकी दिदी क्रिसीले सुझाएको यो नयाँ उपायले अहिले उनीहरुको परिवारमा खुशी ल्याएको छ ।
डाक्टरले सबैभन्दा पहिले एनीको डिम्ब निकाले र त्यसलाई उनका पति जोबीको शुक्रकिटसँग मिलन गराई समागम फर्टिलाइजेसन गराएर विकशित गराइएका दुई भ्रुणलाई एनीकी दिदी क्रिसीको पाठेघरमा प्र’त्यारोपण मत्रै गरेनन् सकुशस रुपमा बच्चा नै निकालेर उनीहरको हातमा थमाइदिए ।
अन्ततः एकैदिन ग’र्भवती बनेका दिदी बहिनीले एकै दिन जुम्ल्याहा बच्चा जन्माएपछि अहिले दुवैजना औधी खुशी छन् ।