बेहुलाकाे भाइ काेराेना संक्रमित भएकाे थाहा भएपछि बेहुलीले गरिन् बिहे अस्वीकार

भारत/भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिएको छ। अहिलेसम्म यहाँ ३ लाख ४३ हजार भन्दा बढि संक्रमित छन्। भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या पनि उतिकै मात्रामा बढ्दै गएको छ। अहिलेसम्म भारतमा ९ हजार ९ सय भन्दा बढीले ज्यान गुमाएका छन्।

कोरोना भाइरसले गर्दा भारतको जनजीवन प्रभावित भएको छ। यसको प्रभाव अब बिवाहमा पनि देखिन थालेको छ।

सोमबार भारतको हमीरपुर जिल्लामा बेहुली बेहुली लिन जाँदै थिए। उनलाई विदाई गरिँदै थियो। तर उनको पाइला बिच बाटाे मै रोकियो। कारण थियो कोरोना।

बेहुली लिन जाँदै गर्दा बेहुलाका जेठो भाइ कोरोना संक्रमित रहेको खुलासा भयो। बेहुलाका भाइलाई संक्रमित भएको खबर फैलिएपछि जन्तिहरुमा खैलाबैला मच्चियो। जन्ति जानको लागि करिव १८ जना जम्मा भएका थिए।

बेहुला कुरारा क्षेत्रको मंगलपुर गाउँका हुन्। उनी आफ्नी आमासँग दिल्लीमा बस्छन् र गाडी चलाउँछन्। उनका बुबा शिमलामा मजदुरी गर्छन् गर्दछन्।

बेहुला चार दिन अघि गाउँ फर्केका थिए। गाउँ फर्किएपछि उनी र उनकी आमाको कोरोना जाँचका लागि स्वाब लिइएको थियो।

आइतबार राति विवाहको विधि पूरा भएपछि सोमबार बिहान बेहुलीको विदाइको समयमा आमा र छोराको कोरोना रिपोर्ट नेगेटिभ आयो।

तर यता स्वास्थ्य विभागले बेहुलाको भाइलाई फोन गरेर संसर्गको बारेमा सूचित गर्यो। आफू संक्रमित भएको थाहा पाएर उनी बाहिर निस्किए। अर्कोतर्फ बेहुलाको भाइलाई संक्रमणको खबर पाउने बित्तिकै केटी पक्षले दुलहीलाई बिदाइ गर्न अस्वीकार गर्‍यो। यसपछि बेहुला जन्तिसँगै पैदल घरको लागि प्रस्थान गरे।

प्रतिक्रिया दिनुहोस