साढे २ करोड भारूमा बिक्री भयाे महात्मा गान्धीको चश्मा

एजेन्सी, ६ भदाै । महात्मा गान्धीले प्रयाेग गर्ने गरेकाे सम्भवतः पहिलाे चश्मा लिलामीमार्फत बिक्री भएकाे छ । लिलामीमा राखिएकाे गान्धीकाे चश्मा एक अमेरिकी संकलकले भारू २ करोड ५५ लाखमा किनेका हुन् ।

लिलामी एजेन्सी इस्ट ब्रिस्टल अक्सनले आफूलाई सो चश्मा अगस्ट ३ मा एउटा सादा खाममा प्राप्त भएको जनाएको छ । एजेन्सीका एन्ड्रयू स्टोका अनुसार चश्माको लिलामीबाट १४ लाख बढी रकम प्राप्त गर्ने आशा राखिएको थियो । तर साेचेभन्दा बढी माेलमा उक्त चश्मा बिक्री भयाे । उक्त एजेन्सीका मालिक म्यानगाट्सफिल्डले लिलामीबाट प्राप्त रकम आफ्नी छोरीसँग बाँड्ने बताएका छन् ।

बिबिसीका अनुसार गान्धीलाई उक्त चश्मा उनी दक्षिण अफ्रिकामा कार्यरत रहँदा उनका काकाले दिएका थिए । यसकाे अुनसन्धानबाट गान्धीले चश्मा लगाएकाे समय र अन्य प्रमाणका अाधारमा याे गान्धीकै पहिलाे चश्मा हुन सक्ने तथ्य पत्ता लागेकाे बताइएकाे छ ।

इस्ट ब्रिस्टल अक्सनका एन्ड्रयू स्टोले भने, ‘करिब ५० वर्षसम्म यो चश्मा यत्तिकै दराजमा थन्किएको थियो । यसलाई लिलाम गर्न चाहने मानिसले एक समय चश्माले आफूलाई कुनै फाइदा नभएकोले फ्याँकिदिन चाहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस