झाडीबाट राती आवाज आउँदा कसैले वास्ता गरेनन्, बिहानपख हेर्दा ठूलो प छुतो…

प्रहरी चौकीको छेउबाट रातीदेखि आवाज आइरहेको थियो । तर, त्यो आवाजलाई कसैले वास्तै गरेनन् । रातीमा त्यहाँ मानिसहरु पनि कम भएकोले पनि त्यतातिर कसैको ध्यान गएर । बिहीबार बिहान मानिसहरुको आवतजावत बढ्यो । बिहान पनि झाडीबाट आवाज आयो ।

त्यसपछि प्रहरी र आसपासका मानिसहरु गएर त्यहाँ हेर्दा भर्खर जन्मेकी नवजात बालिका भेटिएकी छिन् । ती बालिकालाई राती नै कसैले जन्माएर त्यहाँ फ्याँकेको थियो ।बालिका रोइरहेकी थिइन् । उनको शरीरभरी कमिलाले टोकेका थिए । बालिका रोएको आवाज सुनेर आसपासका मानिसहरु त्यहाँ गएका थिए । बालिकाको अनुहार, पिठ्यूँ र हातमा कमिलाले टोकेर रातै बनाइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस