भारत लाई “पछार्दै” चीन सरकारले अचानक गर्‍यो एस्तो घोषणा, नेपालभरी खुशीयाली !! पुरा पढ्नुहोस…

चीनले नेपालसँगका सीमा नाका खोल्ने तयारी गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले मंगलबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएका हुन्। चीन, नेपाल, अफगानिस्तान र पाकिस्तानका विदेशमन्त्रीबीच सोमबार टेली कन्फ्रेन्समार्फत छलफल भएको थियो।
सो छलफलमा चार देशका विदेशमन्त्रीबीच एक देशका नागरिकलाई अर्को देशमा प्रवेश दिने सहमति भएको थियो। सो अनुरूप चीनले नेपालसहित पाकिस्तान र अफगानिस्तानका नागरिकलाई चीन प्रवेशमा फास्ट ट्रयाक र ग्रीन च्यानलको सुविधा उपलब्ध गराउने भएको हो। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङले एक अर्का देशका नागरिकलाई प्रवेशका लागि सीमा खुला गर्ने सहमति भएको जानकारी गराएका हुन्।

‘हामीले निश्चित मापदण्ड पूरा गरेर मानिसहरूको अन्तरसीमा आवतजावतलाई खुला गर्नेछौँ। त्यसका लागि हामीले फास्ट ट्रयाक र ग्रीन च्यानल तय गर्नका लागि छलफल गर्ने छौँ,’ उनले भने।
सोमबार चार देशका विदेशमन्त्रीबीच भएको छलफलमा चिनियाँ विदेशमन्त्री वाङ यीले आयोजना गरेका थिए। छलफलमा चार देशका विदेशमन्त्रीले कोभिड-१९ विरुद्ध संयुक्त रूपमा लड्ने र आर्थिक तथा सामाजिक विकासका गतिविधिलाई पुनः सञ्चालन गर्ने सहमति भएको प्रवक्ता वाङले जानकारी दिए।
पान्डेमिकको संकटविरुद्ध लड्नका लागि सबै पक्ष संयुक्त रूपमा नियन्त्रण र रोकथामका लागि लाग्नुपर्ने उनले बताए। जनताको जनजीवनलाई सामान्य बनाउनका लागि व्यवसाय तथा अन्तरसीमा व्यापारलाई खोल्दै लैजाने उनले जानकारी दिए

‘ऐक्यबद्धता र साझेदारी सबैभन्दा शक्तिशाली हतियार हो भन्नेमा हामी विश्वास गर्छौँ,’ प्रवक्ता वाङले भने, ‘मानव जातिको साझा भविष्यसहितको सामुदायिक कल्याण र बहुलवादलाई मान्दै हामी अगाडि बढ्नुपर्दछ।
‘हामी अन्य पक्षसँग परीक्षण, निदान, उपचार र भ्याक्सिन तथा औषधिको अनुसन्धानमा मिलेर काम गर्न तयार छौँ। मुख्यगरी तीन देशहरूलाई स्वास्थ्य क्षेत्रमा सुधारका लागि हामी सहयोग गर्नेछौँ,‘ उनले भने।
प्रवक्ता वाङले चार देशले सीमा नियन्त्रण सूचना साझेदारी, वौद्धिक रक्षा र आपतकालीन प्रतिक्रियाका लागि मानक सञ्चालन प्रक्रिया (एसओपी) तय गर्ने जानकारी दिए।

चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत आर्थिक वृद्धि, सामाजिक उत्थानका साथ स्थायित्व, औद्योगिक तथा निर्यातलाई बढवा दिने उनले बताए। सोमबार भएको छलफलमा ‘सिल्क रोड हेल्थ’ अन्तर्गत स्वास्थ्य साझेदारीलाई अगाडि बढाउने विषयमासमेत छलफल भएको ग्लोबल टाइम्सले जनाएको छ।
यसअघि चीनले अन्तर्राष्ट्रिय उडान खोल्दै आगामी सातादेखि सातामा दुई दिन चार उडान काठमाडौँका लागि भर्ने तयारी गरेको छ। जसअन्तर्गत शनिबार चाइना साउथर्न एयरलाइन्सले गोन्चाओबाट दुई र आइतबार एयर चाइनाले छन्दुबाट दुई उडान काठमाडौँका लागि भर्ने जानकारी गराएको थियो।

प्रतिक्रिया दिनुहोस