एक क्लिकमा थाहा पाउनुहोस् : कल आउँने नम्बर कसको नाममा छ ? [भिडियोसहित]

काठमाडौ । नेपाल टेलिकम ९१.४९% सरकारी साझेदारीको साथ सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक हो। यसको स्थापना २०३२ सालमा नेपाल दूरसञ्चार संस्थानको रूपमा भएता पनि २०६० माघ २२ गते यो नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएको थियो। २०६१ बैशाख देखि यसलाई नेपाल टेलिकम भन्न थालिएको थियो। यसले देशभरमा पि.एस.टी.एन., सिडीएमए, लगायतका आधारभूत टेलिफोन र जिएसएम र सिडीएमए जस्ता मोवाइल सेवा प्रदान गर्ने गरेको छ। टेलिकमले इन्टरनेट सेवामा डायल-अप आइएसडीएन लिज्ड एडीएसएल इन्टरनेट र स्काई डाटा मार्फत वायरलेस इन्टरनेट प्रदान गर्ने गर्दछ। बैङ्क तथा विभिन्न निकायहरूलाई तथ्याङ्क आदान प्रदान गर्न लिज्ड सर्किटको सेवा समेत टेलिकमले दिने गर्दछ।

२०६४ फागुनमा सर्वसाधारणका लागि पनि शेयर बिक्री गर्न खुला गरेको यो कम्पनीको जारी पूँजी १५ अर्ब तथा चालू पूँजी २२ अर्ब रूपैयाँ रहेको छ। यस कम्पनीमा हाल करिव ५,४०० कर्मचारी कार्यरत छन्। हरेक वर्ष माघ २२ गते नेपाल टेलिकमले आफ्नो बार्षिकोत्सव मनाउने गर्दछ।

नेपाल टेलिकम आइएसडिएन र लिज्ड लाइन सेवाको नेपालमा एक मात्र प्रदायक हो। सन् २००५ मा नेपालको दूरसञ्चार उद्योगमा एनसेल (पहिले मेरो मोबाईलको रूपमा चिनिने) को प्रवेश पछि यो जीएसएम मोबाइल सेवाको मात्र प्रदायक बन्नबाट चुकेको थियो। ५,४०० भन्दा बढी कर्मचारीहरूसँग यो नेपालको सबैभन्दा ठूलो निगम हो। देशको यसको विभिन्न भागहरूमा कुल २६२ टेलिफोन विनियम कार्यलयहरू छन् जसले ६०३,२९१ पीएसटीएन लाइनहरूमा यसले सेवा पुर्‍याएको छ।

यसले ५० लाख भन्दा बढी जीएसएम सेलुलर फोनहरू र १० लाख भन्दा बढी सीडीएमए फोन लाइनहरूमा सेवा दिइरहेको छ। हालैको एक डाटा अनुसार, यसका ल्यान्डलाइन, जीएसएम मोबाइल, सीडीएमए र इन्टरनेट सेवा गरि १ करोड भन्दा बढी प्रयोगकर्ताहरू रहेका छन्। नेपाल टेलिकमले सन् २०१७ मा ४ जी एलटिइ सेवा शुरु गरेको थियो। यसको ४ जी सुबिधा भने काठमाडौं र पोखरामा मात्र उपलब्ध रहेका छ। नेपाल टेलिकमसँग सम्बन्धित सबै जानकारी यहाँ अपलोड गरेका छौ । सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।

मोबाइलको ब्यालेन्स थाहा पाउन *400# डायल गर्नुहोस ।[1]आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# डायल गर्नुहोस ।[2]आफ्नो मोबाइल नम्बर कस्को नाममा छ थाहा पाउन *922# डायल गर्नुहोस । (आफ्नो नाममा दर्ता भएको मोबाईल नम्बर मात्र प्रयोग गर्नुहोला) [3]कल फरवार्ड गर्न **21*98xxxxxxxx (फरवार्ड गर्न चाहेको नं.)# डायल गर्नुहोस ।[4]कल फरवार्ड Cancel गर्न ##002# डायल गर्नुहोस ।[5]Call Waiting सेवा सुचारु गर्न *43# डायल गर्नुहोस ।[6]Call Waiting सेवा Cancel गर्न #43# डायल गर्नुहोस ।[7]मोबाइलमा Friends and Family (FNF) सेवा सुरु गर्न पहिलो पटक FNFSUB*98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस र अन्य ४ वटा नम्बर थप गर्न FNFADD*98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस ।

⇒प्रिपेड मोबाइलबाट अर्को नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न *422*SECURITY CODE*98XXXXXXXX*Rs..# डायल गर्नुहोस ।⇒आफ्नो पोस्टपेड मोबाइल तथा ल्याण्डलाइन टेलिफोनको मासिक बिल, बाँकि रकम, अग्रिम रकम आदि हेर्न www.http://gsmbl.ntc.net.np/ मा login गर्नुहोस ⇒ल्यान्डलाइन को लागि AC Number (मासिक महशुल तिरेको बिलमा लेखेको हुन्छ) र मोबाइलको लागि PUK नम्बर राखेर हेर्न सकिन्छ ।

⇒आफ्नो मोबाइल नम्बरको Security Code प्राप्त गर्न SCODE लेखेर र PUK Code प्राप्त गर्न PUK लेखेर 1415 मा SMS गर्नुहोस।⇒पोस्टपेड मोबाइलमा ISD सुबिधा थप्न #331*0000# डायल गर्नुहोस र सुबिधा हटाउन *331*0000# डायल गर्नुहोस ।⇒डाटा प्याक तथा भ्वाइस प्याक सम्बन्धि नयाँ Offer थाहा पाउन *1415# डायल गर्नुहोस ।⇒Data Pack खरिद गर्न *1415*1# डायल गर्नुहोस र Voice Pack खरिद गर्न *1415*4# डायल गर्नुहोस ।⇒बाँकी डाटा र भ्वाइस प्याक थाहा पाउन *1415*5# डायल गर्नुहोस ।⇒मोबाइलमा CRBT राख्न *1455# डायल गर्नुहोस र प्राप्त निर्देशन अनुसार गर्नुहोस अथवा CRBT Code छ भने SUB स्पेस CRBT Code लेखेर 1455 मा SMS गर्नुहोस ।⇒मोबाइलमा CRBT हटाउन UNSUB लेखेर 1455 मा SMS गर्नुहोस अथवा *1455# डायल गर्ने * लेखेर पठाउने, अनि 8 लेखेर पठाउने अनि अन्तमा सुनिश्चित गर्न 1 लेखेर पठाउनुस।

⇒नमस्ते CREDIT सेवा सुचारु गर्न – आफै हुन्छ र नमस्ते CREDIT सेवा बन्द गर्न STOP लेखेर 1477 मा SMS गर्नुहोस ।⇒Missed Call Alert (MCA) सेवा सुचारु गर्न *1400# डायल गर्नुहोस या sub mca लेखेर १४०० मा SMS गर्नुहोस⇒Missed Call Alert (MCA) सेवा बन्द गर्न unsub mca लेखेर १४०० मा SMS गर्नुहोस ।⇒ल्याण्डलाइन टेलिफोनको तिर्नुपर्ने बिल रकम थाहा पाउन CB*065XXXXXX (पुरा टे.न.)लेखेर 1415 मा SMS गर्नुहोस Due Amount भनेको तिर्नुपर्ने रकम हो ⇒Available Credit भनेको फोन गर्न मिल्ने बाँकी रकम हो

⇒ADSLको अन्तिम मिति थाहा पाउन VL*NTADSL065XXXXXX (पुरा टेलिफोन नम्बर)लेखेर 1415 मा SMS गर्नुहोस ।⇒ADSLको ब्यालेन्स थाहा पाउन BL*NTADSL065XXXXXX (पुरा टेलिफोन नम्बर)लेखेर 1415 मा SMS गर्नुहोस ।
⇒नेपाल टेलिकमको Number Inquiry सेवाको लागि १९७ मा फोन गर्नुहोस ।नेपाल टेलिकमको मोबाइल ग्राहक सेवाको लागि १४९८ मा फोन गर्नुहोस ।⇒ल्यान्डलाइन टेलिफोन मर्मतको लागि १९८ मा फोन गर्नुहोस ।⇒नेपाल टेलिकमको बिबिध सेवा बारे जानकारी लिन तथा ब्यालेन्स तथा बाँकि डाटा जानकारी लिन NEPAL TELECOM ( नेपाल टेलिकमको अफिसियल एप्लिकेसन्) ⇒मोबाइलमा डाउनलोड र रजिस्टर गर्नुहोस ।⇒मोबाइलमा टेलिभिजन हेर्न WOW TIMES एप्लिकेसन डाउनलोड गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस