प्रहरीकै अगाडी फालेको झोला खोलेर हेर्दा प्रहरी चकित, झोला फाल्नेको खोजी तिब्र

काठमाडौं । प्रहरीको चेकिङ थाहा पाएसँगै १६ लाख रुपैयाँ फालेर एक जना फरार भएका छन् । बाराको महागढीमाई नगरपालिका–७ बेनौलीस्थित सडकमा प्रहरी चौकी तेलकुवा, बाराबाट खटिएको प्रहरीको चेकिङ्ग टोलीले चेकिङ्ग गर्ने क्रममा पैसाको बोरा फालेर फरार भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख कृष्ण पंगेनीले पश्चिम बेनौली चोकतर्फबाट आएको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा रातो पहेलो रंगको झोला फालेर मोटरसाइकल चालक फरार भएका हुन् ।

प्रहरीको चेकिङ टोलीले उक्त झोला खोलेर हेर्दा १,०००/- दरको ७६२ थान र ५००/-दरको १६७६ थान गरी जम्मा १६ लाख रुपैयाँ फेला परेको हो । एसपी पंगेनीका अनुसार फरार रहेका मोटरसाइकल र चालकलाई खोजी कार्य भइरहेको छ ।

स्रोत नखुलेको बरामद गरिएको उक्त रकमबारे जिल्ला प्रहरी कार्यालय बारामा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस