दुवै हात नभएकी एकमात्र पाइलट जेसिकाको सफलताको कथा

संसारमा अ’पांगता भएका व्यक्तिले नगरेको कुनै पनि काम छैन । सामान्य व्यक्ति सरह उनीहरुले पनि विभिन्न क्षेत्रमा आफुलाई अब्बल बनाएका छन् । दुवै हात नभएकी संसारकै एकमात्र महिला पाइलट हुन् जेसिका कक्स । अदम्य साहासकी खानी उनले गोडाको भरमा जहाज उडाएर गिनिज बुक आफ दि वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाएकी छन् ।

जेसिकाले पढाइलाई चाहनासँगै राखेर अगाडि बढाउँदा सन् २००५ मा पहिलो पटक दुवैहात नभएकी महिलाले विश्वकीर्तिमान राखेर जहाज उडाइन् । अमेरिकाबाट उनले सन् २००८ मा पाइलटको लाइसेन्स प्राप्त गरिन्

जेसिका पाइलट मात्र होइनन्, उनी अमेरिकन तेक्वान्दो एशोसियशनकी ब्ल्याक बेल्टको उपाधि पनि प्राप्त गरेकी छन् । अमेरिकाको एरिजोनामा सन् १९८३मा जन्मिएकी जेसिकाका जन्मजात दुवैहात थिएनन् । उनकी आमाले उनलाई देखेर खुसी भन्दा पनि दु’खी हुनु परेको थियो ।

आफ्नी छोरीलाई सबैले हेप्ने र घृ’णा गर्ने भविष्यको चिन्ताले उनकी आमा डिप्रेसनको शिकार भएकी थिइन् । १३ वर्षको उमेरसम्म जेसिकाले न’क्कली हातको प्रयोग गरिन् । आफु १४ वर्षको उमेरमा पुगेपछि जेसिकाले न’क्कली हातहरु फालिदिइन् र समाजमा खुलेर हिड्न थालिन ।

उनले आफुलाई जस्तो छु त्यसैमा आनन्द आउने बताइन् । जेसिकाले पढाइलाई चाहनासँगै राखेर अगाडि बढाउँदा सन् २००५ मा पहिलो पटक दुवैहात नभएकी महिलाले विश्वकीर्तिमान राखेर जहाज उडाइन् । अमेरिकाबाट उनले सन् २००८ मा पाइलटको लाइसेन्स प्राप्त गरिन् ।

अमेरिकाको एरिजोना विश्वविद्यालयबाट साइकोलोजीमा स्नातक उनले सूचनाको क्षेत्रमा पनि राम्रो अध्ययन गरेकी छन् । अहिले झण्डै ३८ वर्षीया जेसिकाले तेक्वान्दोमा पनि विभिन्न उपाधि प्राप्त गरेकी छन् । जेसिका कक्स अहिले संसारभरका अपांगता भएका व्यक्तिका लागि प्ररणाको स्रोत बनेकी छन् ।

सामान्य नागरिकले दुवै हातले पनि गर्न नसक्ने खालका उपलब्धि उनले संघर्षपूर्ण यात्राबाट पुरा गरेकी उनी जेसिका कक्स निकै सन्तुष्ट छन् ।

पाइलटसँगै अहिले जेसिकाले विभिन्न देशमा पुगेर आम नागरिकलाई सफलताका लागि प्रवचन दिने गरेकी छन् । ह्याण्डिक्याप इन्टरनेशनको सद्भावनादूत जेसिकम केही वर्ष पहिले नेपालमा पनि आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस