झाडीबाट राती आवाज आउँदा कसैले वास्ता गरेनन्, बिहानपख हेर्दा ठूलो पछुतो

प्रहरी चौकीको छेउबाट रातीदेखि आवाज आइरहेको थियो । तर, त्यो आवाजलाई कसैले वास्तै गरेनन् । रातीमा त्यहाँ मानिसहरु पनि कम भएकोले पनि त्यतातिर कसैको ध्यान गएर । बिहीबार बिहान मानिसहरुको आवतजावत बढ्यो । बिहान पनि झाडीबाट आवाज आयो । त्यसपछि प्रहरी र आसपासका मानिसहरु गएर त्यहाँ हेर्दा भर्खर जन्मेकी नवजात बालिका भेटिएकी छिन् । ती बालिकालाई राती नै कसैले जन्माएर त्यहाँ फ्याँकेको थियो ।

बालिका रोइरहेकी थिइन् । उनको शरीरभरी कमिलाले टोकेका थिए । बालिका रोएको आवाज सुनेर आसपासका मानिसहरु त्यहाँ गएका थिए । बालिकाको अनुहार, पिठ्यूँ र हातमा कमिलाले टोकेर रातै बनाइसकेका थिए । त्यहाँ जम्मा भएकाहरुले तत्कालै बालिकालाई झाडीबाट निकालेर उनको शरीरमा भएका कमिला हटाए । भारतको झारखण्ड राज्यको राँचीमा भेटिएकी ती बालिकालाई तत्काल अस्पताल लगियो ।

बालिकालाई झारखण्ड राज्य बाल संरक्षण आयोगकी अध्यक्ष आरती कुजुरको सहयोगमा विनायका अस्पताल लगिएकोमा त्यहाँबाट रिफर गरेपछि रिम्स अस्पताल लगिएयो । त्यहाँबाट पनि रिफर भएपछि उनलाई रानी भिल्ड्रन बाल अस्पतालमा लगियो । बालिकाको स्थिति गम्भीर छ । बालिकालाई कसले फालेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो पनि परिवारमा एकमात्र सन्तान हुदा पर्छ यस्तो असर

आजभोली हाम्रो गाउसमाजमा एकजना मात्र सन्तान जनमाउने प्रचलन आएको छ। एउटा बच्चालाई हुर्काउन सजिलो हुन्छ । धेरै बच्चालाई दिनुपर्ने समय, गर्नुपर्ने खर्च एउटै बच्चाले पाउछन । पढाईमा होस् वा खानपानमा समस्या हुँदैन । राम्रो शिक्षादिक्षा दिन र उनीहरुको सम्पूर्ण आवश्यक्ता पुरा गर्नका लागि एउटा मात्र बच्चा हुर्काउने गरिएको छ ।तर, यसको साइड इफेक्ट छ ।अभिभावक र पारिवारिक दायित्वको हिसाबले हेर्दा एउटा बच्चा उपयुक्त देखिएपनि बच्चाकै कोणबाट हेर्दा राम्रो देखिदैन ।

किनभने, अहिले शहरिय परिवारमा बच्चा एक्लो हुन्छ । उनीहरुसँग खेल्ने दौतरी हुँदैन । उनीहरुको स्तरमा वात मार्ने, जिस्कने, रमाइलो गर्ने कोहि हुँदैनन् । अभिभावकहरुले बच्चालाई समय दिदैनन् । यसरी बच्चा एक्लो हुँदै गएका छन् ।बाबुआमा जागिरमा व्यस्त,परिवारको जिम्मेवारी पुरा गर्न तल्लिन हुन्छन ।समयको निकै नै अभाव हुन्छ ।एक्लो बच्चालाई लालनपालन गर्न सजिलो भनिएपनि थप गाह्रो हुन्छ । दुईवटा करिब समान उमेरका बच्चा एकसाथ हुर्कदैछन् भने उनीहरु देखासेखीमा पनि आफै खान, आफै

काम गर्न तम्सिन्छन् । जबकी एउटा मात्र बच्चा छ भने, उनीहरुलाई अरुले ख्वाउनुपर्छ । उनीहरुमा प्रतिस्पर्धाको भावना विकास हुन पाउँदैन । जबकी जीवनमा सफलता प्राप्त गर्नका लागि प्रतिस्पर्धाको भावना आवश्यक हुन्छ ।दुई बच्चा समान रुपले हुर्कदैछ भने, उनीहरु एकअर्काबाट पनि सिकिरहेका हुन्छन् । खेल्न, रमाउन सिक्छन् । साथै मिल्ने वा सहकार्य गर्ने बानीको विकास पनि हुन्छ ।

प्रतिक्रिया दिनुहोस