आज पनि घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रति तोला ९७ हजार २ सयमा काराेबार भइरहेकाे छ ।

सोमबार तोलमा प्रति तोला ९७ हजार ९०० रुपैयाँ कायम भएको थियाे ।

तेजावी सुन मंगलबार ९६ हजार ७ सय रूपैयाँमा काराेबार भइरहेकाे छ ।

त्यस्तै आज चाँदीको भाउ स्थिर रहेको छ । मंगलबार चाँदी प्रति तोला १ हजार ३२० रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस