राष्ट्रपति निर्वाचनको मुखमा ट्रम्पलाई आपत, पो र्नस्टारलाई ठूलो रकम तिर्न अदालतको आदेश !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पो र्नस्टारलाई ठूलो रकम तिर्नुपर्ने भएको छ । एक अदालतले ट्रम्पलाई ती पो र्नस्टारलाई ४४ हजार १ सय डलर (५२ लाख नेपाली रुपैयाँ) तिर्न आदेश दिएको छ ।

स्टर्मी डेनियलले ट्रम्पसँग आफ्नो अफेयर भएको दावी गरेकी थिइन् । ट्रम्पले भने स्टर्मीको यो दावीलाई अस्वीकार गर्दै आएका थिए । ट्रम्पले स्वीकार नगरेपछि स्टर्मीले अदालतमा मु द्दा हालेकी थिइन् उनको मु द्दा पछि रद्द भएको थियो । अहिले अदालतले मु द्दाको क्रममा स्टर्मीले खर्च गरेको पैसा ट्रम्पले तिर्नुपर्ने आदेश दिएको हो । क्यालिफोर्नियाको अदालतले ट्रम्पलाई ५२ लाख रुपैयाँ तिर्न आदेश दिएको छ ।

स्टर्मी डेनियल्सले अदालतको फैसलापछि ट्वीट गरिन् ‘हो, एक अर्को जीत !’ ट्रम्पविरुद्ध मुद्दा हालेपछि स्टर्मीले एउटा किताब पनि लेखेकी थिइन् जसमा उनले ट्रम्पसँग आफ्नो अफेयरबारे खुलेर लेखेकी थिइन् । यो किताब निकै चर्चामा रहेको थियो ।

राष्ट्रपति ट्रम्प विभिन्न युवतीहरूसँगको सम्बन्धका कारण वि वादमा तानिएका छन्। यसअगाडीको राष्ट्रपति निर्वाचनमा ट्रम्पले पो र्नस्टारलाई ठूलो रकम दिएर आफूहरूबीचको सम्बन्ध गुपचुप राखेका समाचारहरु बाहिरिएका थिए । आफूहरूबीचको सम्बन्धलाई सार्वजनिक नगर्न राष्ट्रपति निर्वाचनअगाडि ट्रम्पले आफूलाई केही रकम र फ्ल्याट दिएको पो र्नस्टार डेनियल्सले आ रोप लगाएकी छिन् ।

डेनियल्ससँगको अ नैतिक सम्बन्ध साम्य पार्न आफ्ना निजी वकिल मिसेल कोहेनलाई १ लाख ३० हजार डलर रकम दिएका थिए । निजी वकिल मिसेल कोहेनले पोनस्टार डेनियल्सलाई दिएको रकम ट्रम्पले भुक्तानी गरिदिएको न्युयोर्क सिटीका पूर्वमेयर रुडी बताउँछन्।

सो भुक्तानी पूर्ण रूपमा वैद्य भएको गिउलियानीले एक अन्तर्वार्तामा भनेका छन्। ट्रम्पले सन् २०१६ को राष्ट्रपति निर्वाचन अभियानमा सो रकम भुक्तानी दिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस