दिनहुँ ढाड दुखेपछि अस्पताल पुगे, स्क्यान गर्दा यस्तो भेटियो की डाक्टर समेत चकित परे

समयमा ब्याक पेन अर्थात ढाड दुख्नु सामान्य कुरा भएको छ। खासगरी डेस्क जब गर्ने मानिसलाई यो समस्या बढी देखा पर्छ किनकि उनीहरु धेरै हिडडुल नगरी एकै ठाउँमा स्थिर रहेर काम गर्छन्।

यस्तै एक घटना ब्राजिलमा आएको छ जहाँ एक व्यक्ति ढाड दुख्ने समस्या लिएर अस्पताल गयो। र डाक्टरले उनको जाँच गर्दा यो पत्ता लाग्यो कि ती व्यक्तिको शरीरमा २ वटा नभएर ३ वटा मिर्गौला छन्।

एक रिपोर्टका अनुसार डाक्टरले ती ३८ वर्षका मानिसको सिटी स्क्यान गरे। जब डाक्टरले सिटी स्क्यान रिपोर्ट हेरे उनीहरु आश्चर्यचकित भए। उनीहरुले देखे कि उक्त व्यक्तिको दाहिने भागमा दुई वटा मिर्गौला थियो र देब्रे भागमा एउटा। यसरी उनको शरीरमा ३ वटा मिर्गौला भएको पत्ता लाग्यो।

डाक्टरहरूले मृगौलासँग सम्बन्धित कुनै समस्या नभएको बताएका छन्। दुई मिर्गौलाहरू सीधा मूत्राशयमा जडित छन् भने तेस्रो मिर्गौला मूत्रवाहिनीमा जोडिएको छ। तीन मिर्गौला हुनु एक दुर्लभ अवस्था हो।

प्रतिक्रिया दिनुहोस