कहिलेकाहीँ त्यता साँघुरो भए सुत्न मेरोतिर आए पनि हुन्छ नि भाइ

कहिलेकाहीँ त्यता साँघुरो भए सुत्न मेरोतिर आए पनि हुन्छ नि भाइ । कुनै अप्ठेरो मान्नुपर्दैन, आफ्नै सम्झे हुन्छ,’ म डेरा सरेको तीन दिनपछि डेरावाल दिदीले भनेकी थिइन् । दिदीको त्यो भनाइ वास्तवमै सहज थिएन, उनले मलाई किन त्यसो भनिन् । तीन चार दिनसम्म मलाई सोचमग्न बनाएको थियो । म बस्ने माथिल्लो तलामा दिदीको कोठा थियो । उनी को हुन्, यो शहरमा के गर्छिन् र उनको परिवारमा को कति छन् भन्ने केही जानकारी थिएन मलाई । एउटै घरमा बस्ने भएकोले उनीसाग मेरो हाइ-हेल्लोको मात्र स’म्बन्ध थियो । घरको तल माथि गर्दा देखादेख हुन्थ्यो । उनी मलाई देख्ने बित्तिकै मसक्क मस्केर केही न केही सोधिहाल्थिन् ‘चिया पिउनुभो । खाना खानुभो । नुहाउनुभो ।यस्तै यस्तै सवाल रहन्थे उनका । उनले सोधेका सवालहरुको सीधा जवाफ दिनु नै उचित ठान्थेँ म, साथमा फिस्स मुस्कान छोडेर बाटो लाग्थेँ । हुन पनि घरमा बसेकै हकमा सबै डेरावालसँग स’म्पर्क बढाउने र दोस्ती गर्ने मेरो बानी कहिल्यै बसेन । म शहरमा बस्न थालेको पनि अठार वर्ष भयो होला । एउटै छानामुनि बसे पनि कति जनासाग त एकपटक समेत चिनजान नभई डेरा बदलिएको पनि हुँला ।

यो मेरो अनौठो बानी छ । पेशाले म एक कलमजीवी हुँ । पेशाभित्र मेरो औकात के कति छ, त्यो मलाई थाहा छैन । तर, शहरमा मेरो स’म्पर्क हरेक मान्छेसाग बेग्लाबेग्लै किसिमको छ । मेरोमा दिनहुँ साथीहरु आइरहन्छन् । उनीहरुसँगको भेटघाट र कुराकानी मलाई बडो महत्वपूर्ण लाग्छ । त्यसैले पनि हामी कहिले कता कहिले कता समूहमै रात काट्छौं ।डेरावाली दिदीलाई मेरोमा आउने साथीहरु देख्दा कोठामा साँघुरो होला भन्ने लागेर पनि मलाई आफूकहाँ बोलाएकी हुन सक्छ । नत्र अरु कारण के होला र । उमेरले दिदी मभन्दा ५/६ वर्ष पाकै लाग्थिन् । त्यसैले पनि मैले उनलाई दिदी भन्न कुनै आपत्ति थिएन । हप्ता दिनपछि मात्र मैले दिदीको नाम सोध्ने साहस गरेँ । नाम शकुन्तला रहेछ । तर, उनको घरपरिवार, पेशा मलाई अझै थाहा थिएन ।

शकुन्तला दिदी मलाई देख्नेबित्तिकै आँखा गाडेर नियाल्थिन् । मायाको भाव झल्काउँथिन् । कोठामा बोलाउँथिन् र अवसर मिल्नेबित्तिकै खाजा र खानाका लागि समेत हार्दिकताका साथ आग्रह गर्थिन् । दिदीका ती सबै व्य’वहारले मलाई निकै असहज लाग्थ्यो । तर पनि दिदीको कुरा टार्न नसकेर उनको कोठामा पुग्थेँ । दिदीले कोठाभरि यौन उत्तेजनाका अर्धनग्न तस्बिरहरु सजाएको देख्दा म खग्रङ्ग हुन्थेँ ।मुटु जोडले फुल्थ्यो र हातगोडा काँप्थे । म दिदीले दिएको खानेकुरा छिटो-छिटो कपाकप खान्थेँ र तल ओर्लिहाल्थेँ । म काँतर मान्छे पटक्कै होइन । ठूल्ठूला मान्छेसग अन्तर्क्रिया गर्दा होस् वा जोखिमपूर्ण समाचार सम्प्रेषणमा प्र’हरी प्र’शासन सँग सामना गर्दा होस्, मलाई रत्तिभर डर लाग्दैनथ्यो । तर, दिदीको अगाडि किन म गरुडको छायामा परेको सर्प जस्तो भयभीत भइरहन्छु, आफैंलाई पत्तो हुँदैनथ्यो ।

शकुन्तला दिदीको कोठामा सधैंजसो लोग्नेमान्छेहरुको आउजाउ चलिरहन्थ्यो । आउने-जाने सबैसँग दिदीको आफ्नै प्रकारको नाता स’म्बन्ध कायम रहन्थ्यो । त्यस कुरामा पनि म निकै आश्चर्यमा पर्थेँ, किन दिदीको संगत लोग्नेमान्छेसँग मात्र हुन्छ । केही दिन अरु बितेपछि मैले साथीहरुलाई शकुन्तला दिदीको बारेमा हल्काफुल्का कुरा गर्छु ।साथीहरुले पनि उनको क्रियाकलापबारे शंका लागिसकेको बताउँछन्, ‘यो ध’न्दावाली आइमाई हो । यो सँग जोगिएर हिँडनू । नत्र फसाउली । बाहिर पनि यसको कुरा निकै सुन्न थालेका छौं । हामीले यसको बारेमा सायद समाचार रिपोर्ट बनाउनुपर्छ होला । साथीहरुको त्यस्तो विचारलाई मैले ठाडै अस्वीकार गरेँ । उनीहरुलाई त्यसो नगर्न दबाब दिएको थिएा । जसका कारण उनीहरु हच्किएका थिए ।

दिदी हरेक बिहान उठ्नेबित्तिकै नुहाउँथिन् । सोह्र शृंगार गरेर चिटिक्क पर्थिन् । उनको शरीर चौबीसै घण्टा मगमगाइरहन्थ्यो । तर, उनको दिनचर्या कोठाभन्दा बाहिर बित्दैनथ्यो । त्यसमा अचम्म लाग्थ्यो मलाई । एकदिन मैले उनलाई उनको श्रीमानका विषयमा सोधेको थिएँ । त्यसको कुनै जवाफ दिइनन् उनले । म पनि त्यसै चुप लागेको थिएँ ।दिदीकोमा किन थरीथरीका लोग्नेमान्छे मात्र आइरहन्छन् । किन आजसम्म उनको कोठामा एउटा मात्र पनि स्वास्नीमानिसको आगमन हुँदैन । पक्कै पनि यी दिदी ध’न्दावाली हुन सक्छिन् । मैले अड्कल काटेको थिएँ । शकुन्तला दिदीको कोठामा आउने लोग्नेमान्छेहरुसँग घण्टौं उनले के वार्तालाप गर्छिन्, त्यो थाहा हुँदैनथ्यो । तर, भित्र पस्दा चम्किलो अनुहारमा पस्ने लोग्नेमान्छेहरु बाहिर निस्किँदा निस्तेज भएर बाटो लाग्थे ।

दिदी ध’न्दावाली भन्ने निश्चित भएपछि उनको रुप र उनको कोठा समेत मलाई ए’चआईभी सं’क्रमणको अखडा भएको महसुस हुन थाल्यो । त्यसपछि उनले जति धेरै हार्दिकता देखाए पनि मैले उनको कोठामा जाने साहस गरिनँ । उनीसँग टाढिनुमै आफ्नो भलाइ देखेँ मैले । तर, दिदीको आत्मीयता अलि बेग्लै प्रकारको थियो । ज्यादै ममतामयी लाग्थिन् उनी ।त्यस्ती आइमाई के प्राप्तिको लागि दिनहुँ आफ्नो श’रीर बे’चिरहेकी छन् । उनको त्यो विवशता हो वा स्वेच्छा हो, थाहा पाउनुपर्ने विषय थियो मेरो लागि । यसैले पनि म दिदीको इतिवृत्तान्त थाहा पाउन निकै प्रयास गर्थें । फलस्वरूप महिनौंपछि उनको सम्पूर्ण कहानी मलाई प्रष्ट भएको थियो । विवाह गरेको दुई वर्ष पनि पुग्दानपुग्दै शकुन्तला दिदीको लोग्नेले सौता हालेछ ।

प्रतिक्रिया दिनुहोस