उपचार गर्ने पैसा नहुँदा घरमै अलपत्र एक वर्षीय बालक

तनहुँ, १० भदौ । पिसाबथैली र मिगौलामा पानी जमेका एक वर्षीय बालक आर्थिक अभावका कारण उपचार विहिन हुन पुगेका छन् । उपचार गर्ने पैसा नहुँदा तनहुँका शुसन परियारको घरमा नै अलपत्र परेका हुन् । चरम आर्थिक अचाव खेपिरहेका गोरखा सहिद लखन गाँउपालिका घर भई हाल तनहुँको आँबुखैरेनी गाँउपालिका-१ बरादीमा बस्दै आएका १ वर्षीय शुसनको उपचारमा समस्या भएको छ ।

नातिको उपचारको लागि आफूसँग एक रुपैयाँ पनि छैन’ बालकका हजुरबुबा देविराम परियारले भने, एउटा भएको नातिको उपचार समेत गर्न नसकिने भैँयो । ज्यालादारी र खेतीपातिबाट परिवारको जोहो जेनतेन टार्दै आएको परिवारलाई नातिको स्वास्थ्यमा समस्या आएसंगै थप कठिन भएको छ ।

आफुसंग खेतिपाती बाहेक अन्य विकल्प छैन, त्यहाँबाट परिवारको लागि बल्ल तल्ल व्यवहार टार्ने गरेको बताउनछन् । अस्पताललाई तिर्ने पैसा छैन, नातिको उपचार कसरी गरौँ, वृद्ध भन्छन् । बालकका आमा भवनी माया परियार भन्छिन्, पैसा जुट्न सके त छाेराकाे उपचार हुन्थ्याे । यस भन्दा अघि उपचारकाे लागि बालकलाई काठमाडाैँका विभिन्न अस्पताल पुर्याइएकाे बालकका परिवारले बताएका छन् । भएकाे पैसा पनि उतै सकियाे, डाक्टरले उपचारकाे लागि लाखाैँ रकम लाग्छ भनेकाे छ, पैसा नभएपछि छाेरालाई घरमा नै राख्न बाध्य भएका हाैँ, बालककी अामा भवानीले भनिन् ।

उपचार खर्च कति लाग्छ नै एकिन छैन
नातीको उपचार गर्न डाक्टरले धेरै नै खर्च हुन्छ भनेको छ । ‘खै कति लाख पो लाग्छ रे ! एकिन छैन, आफूसँग एक रुपैयाँ पनि छैन’ बालकका हजुरबुबा देविराम परियारले भने । ‘एउटै नाति हो आमाबुबाको लागि भविष्यको लौरी। कसरी उपचार गर्ने ‘, सुशनका हजुरबुबा देविरामले भने ।

प्रतिक्रिया दिनुहोस