हटेर होइन, डटेर समस्याको सामना गर्नुहोस्– भगवान श्रीकृष्ण

भगवान श्रीकृष्णलाई विष्णु भगवानको अवतारका रुपमा लिइन्छ । उनै भगवान श्रीकृष्णलाई नीतिज्ञ, शक्तिमान, वौद्धिक, तार्किक क्षमतावानका हिसावले सर्वश्रेष्ठ पनि मानिन्छ ।

यतिमात्र होइन, श्रीकृष्णलाई निकै रसिक पात्राको रुपमा चित्रित गरिन्छ । १६ सय गोपिनीहरुको सारी लुकाउनेदेखि राधासँगको सम्बन्धमा पनि उनको भूमिका निकै रसिक मानिन्थ्यो ।

भगवान श्रीकृष्णलाई प्रेरक पात्र पनि मानिन्छ । हिन्दू धर्म ग्रन्थका अनुसार, उनमा अरुलाई प्रेरित, प्रोत्साहित गर्न सक्ने अलौकिक क्षमता थियो । यहाँ हामीले तिनै श्रीकृष्णका केही बाणीहरु प्रस्तुन गरेका छौं । जुन तपाईंको जीवनका लागि पनि उपयोगी बन्न सक्छन् ।

– कुनै काम गर्दै हुनुहुन्छ भने पहिले नै रणनीति तयार गर्नुस् ।

– यदि बिरोधीहरु सक्रीय बने या बलिया बने भने त्यो अवस्थामा विजय प्राप्त गर्नका लागि तपाईंले कुटनीतिको बाटो अपनाउनुपर्छ ।

– कहिल्यै पनि अरुको बिचारको बन्धनमा बाँधिनु हुँदैन, बरु तपाई स्वंम बिचार विकसित गर्नुहोस् ।

– साँचो मित्रता चाहनुहुन्छ भने गरिब र धनीको भेद नगर्नुहोस् । बरु, इमान्दारी र सत्यताको भने सधैं ख्याल गर्नुहोस् ।

– तपाईंमा दुरदर्शीता र हरेक परिस्थितीको आकलन गर्ने क्षमता हुनुपर्छ ।

– समस्यासँग हटेर होइन, डटेर सामना गर्नुहोस् ।

– अस्तव्यस्त होइन, सँधै अनुशासित जीवन जिउनुहोस् अनि व्यर्थको कुरालाई लिएर कहिल्यै पनि चिन्ता नगर्नुहोस् । बर्तमानमा ध्यान केन्द्रित गरेर काम गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस